banner

आर्थिक

अब विदेशबाट दैनिक ५ सय जनाको मात्रै उद्धार हुने

काठमाडौं । उद्धार फ्लाइट’बाट पनि अब दैनिक ५०० मात्र नेपालीलाई उद्धार गरेर ल्याइने भएको छ । सरकारले अनुमति दिएका ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम खर्च गरेर २०० मात्र आउन अडान अनुमति दिइने भएको हो ।

अझै पनि विदेशमा ठूलो संख्यामा नेपाली उद्धारको प्रतिक्षामा छन् । सरकारले अब चार्टर्ड फोलाइटको पुरानो पद्धति पनि अन्त्य गर्दै दैनिक भित्रिने नेपालीको संख्यामा सीमा तोकेको हो ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेका अनुसार विदेशबाट आउने नेपालीलाई अब उपत्यकामा क्वारेन्टिन गरिनेछ । क्वारेन्टिनमा बसेको ५ देखि ७ दिनभित्र पीसीआर टेष्ट गर्ने र संक्रमण नदेखिए मात्र सम्बन्धित गन्तव्यमा पठाइनेछ ।

अहिले विभिन्न देशमा ठूलो संख्यमा नेपालीहरु नियमित फ्लाइट कुरिरहेका छन् । चार्टर्ड फ्लाइट मँहगो भएर फर्किन नसक्नेहरुलाई सरकारले उद्धार गर्न सुरु गरेलगत्तै तोकिएकै दैनिक कोटाले समस्या गर्ने दूतावासका अधिकारीहरु बताउँछन् ।

कोटा तोक्दा विमान कम्पनीलाई पनि व्यवसायिक रुपमा सम्भव हुने यात्रु संख्या पुर्‍याएर विदेशबाट नेपाली फर्काउन समस्या हुने देखिएको छ । यसले गर्दा विदेशमा समस्यामा परेका नेपाली अझै पीडित हुने अवस्था देखिएको छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्