banner

ताजा समाचार

अराजकता, अस्थिरता र आर्थिक विकास हुन नदिनेहरुका विरुद्ध हाम्रो लडाई हो:ईश्वर पोख्रेल

इश्वर पोख्रेल

1 123 total views, 1 1 views today

यन यस  मिडिया 

२३ माघ, काठमाडौं । नेकपा ओली समूहका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालबाट पुगेको क्षति सरकारले दिने बताएका छन् । ‘हिजो एउटा ट्याक्सी चालक, जसले जसोतसो गुजारा चलाउनुभएको थियो । उहाँमाथि सांघातिक हमला, तोडफोड र आगजनी गरियो । म यही सभाबाट भन्न चाहन्छु, केपी ओली सरकारले त्यो सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था गर्नेछ पोखरेलले भने ।


उनले हड्तालका क्रममा क्षति पुगेका सबैको क्षतिपूर्ति समेत दिने बताए । अर्का समूहका नेकपालाई आततायीकै आरोप लगाएका थिए । हिजो आततायीहरुबाट जनतालाई दुःख दिने, जनतालाई हिजो लुट्ने काम भयो, त्यो सम्पूर्ण क्षति दिन्छौं’ पोखरेलले भने । उनले आफ्नो लडाइँ अराजकता, अस्थिरता र आर्थिक विकास हुन नदिनेहरुका विरुद्ध भएको बताए । उनले प्रचण्ड र माधव समूहले निर्वाचन हुन नदिएर लोकतन्त्र र संविधान विरोधी काम गरिरहेको बताए । ‘निर्वाचन आयोगमा गएर धम्की दिनुहुन्छ । खबरदार चुनाव गरौला भन्नुहुन्छ । यो संविधान विरोधी कुरा हो कि होइन लोकतन्त्र विरोधी कुरा हो कि होइन उनले प्रश्न गरे । पोखरेलले आफूहरु ताजा जनादेशमा गएर जनताले जे निर्णय दिन्छन् त्यो स्वीकार्न तयार रहेको बताए । जनतासँग केपी ओलीले गरेको संकल्प पूरा गर्न नदिइएकाले ताजा जनादेशमा जानुपरेको पोखरेलले बताए । पाँच वर्ष निर्वाचित प्रधानमन्त्रीलाई बीच बाटै हटाउन खोज्नुभयो । त्यो आम जनताले रुचाएनन्, रुचाउँदैनन  उनले भने ।

                                                                                                          ⇓ अधिक जानकारीका लागि सेयर हर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्