banner

मनोरन्जन

आफ्नो कुरा काट्नेलाई पलको चेतावनी

नायक पल शाह लकडाउन खुकुलो भएसँगै म्यूजिक भिडियोको काममा व्यस्त थिए । तर, फेरि देशभर कोरोना संक्रमितको संख्या बढेपछि पलले सम्पूर्ण म्यूजिक भिडियो छायांकनको काम रोकेका छन् ।
पलले सामाजिक संजालमा समय–समयमा आक्रोश व्यक्त गर्दै आएका छन् । केही समय अगाडि उनले आफूलाई पारिश्रमिक नदिएको भन्दै एक चलचित्रका निर्मातामाथि आक्रोश पोखे । उनै पलले फेरि आफ्नो पछाडि बसेर कुरा काट्नेमाथि आक्रोश पोखेका छन् ।

घुमाउरो भाषामा पल लेख्छन्–‘अहंकारी मानिस समुन्द्रलाई तलाउ देख्छन् । तलाउमा ढुंगा हान्दा उत्पन्न हुने तरंग हेर्दै खुशी हुन्छन् । शान्त समुन्द्रको लहरासँग खेल्दै रमाइलो मान्छन् । शालिनताको फाइदा उठाउँदै आफ्नो खुशीका लागि अरुलाई प्रहार गरिरहन्छन् । फलस्वरुप समुन्द्रले भयंकर सुनामीको रुप लिन्छ ।’

पल अगाडि लेख्छन्–‘सुनामी निर्मम बनेर विध्वंस मच्चाउँछ । त्यसैले शान्त र शालिन छ भनेर कुनै मानिसमाथि एकहोरो प्रहार नगर्नुहोस् । भित्ताको त कान हुन्छ भन्छन्, आफू महाना देखिन अरुको कुरा काट्दै नहिड्नुहोस् । किनकी, तपाइको आँखालाई प्रदुषित तलाउ देखे पनि वास्तवमा त्यो तपाइलाई निमेष भरमै सिध्याउन सक्ने समुन्द्र हुन सक्छ । जसले तपाइको हौसियत संझाउने मात्र होइन विर्सन नसक्ने धक्का पनि दिन सक्छ । चेतना भया ।’

पलले आफ्नो कुरा काट्दै हिड्नेलाई त्यसो नगर्न नत्र शान्त समुन्द्र निर्मम बन्यो भने सुनामीको रुप लिने भन्दै घुमाउरो शैलीमा चेतावनी पनि दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्