banner

ताजा समाचार

उपत्यकामा निषेधाज्ञा थपको निर्णय भोलिमात्रै

काठमाडौँ, ९ भाद्र । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयको संयुक्त सुरक्षा बैठकले भदौ ३ गतेबाट जारी गरिएको निषेधाज्ञा अवधि बढाउनेबारे बुधबार बैठक बसेर निर्णय लिने भएका छन् ।
तीनवटै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) बैठकले भदौ १७ गते रातिसम्म निषेधाज्ञा अवधि बढाउन सिफारिस गरे पनि यसबारे बुधबार मात्रै बैठक बसेर निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
मंगलबार दिनभर जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला सुरक्षा समिति, डिसीसीएमसी र स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफकै क्रममा तीन जिल्लाकै डिसीसीएमसीको संयुक्त बैठकले निषेधाज्ञा बढाउन प्रजिअहरुलाई सिफारिस गरेको थियो ।
‘डिसीसीएमसीले निषेधाज्ञा १७ गतेसम्म बढाउन सिफारिस गरिसकेको छ, अब बुधबार तीनजिल्लाकै प्रमुख जिल्ला अधिकारी बसेर यसबारे निर्णय लिन्छौं,’ प्रजिअ दाहालले कान्तिपुरसँग भने । मंगलबार तीन जिल्लाकै प्रजिअहरुले गृहमन्त्रालयसँग पनि परामर्श गरेका थिए । त्यसपछि बबरमहलस्थित काठमाडौं प्रशासनमा आएका तीनैजना प्रजिअ बुधबार बैठक बस्ने गरी बाहिरिएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्