banner

ताजा समाचार

एकिकृत जनक्रान्तिका महान सहिद प्रज्वलको जन्मदिनमा बैनिको मनै रुवाउने,शब्द सम्झना

1 648 total views, 1 1 views today

यनयस मिडिया,
माघ ५ काठ्माडौ
मेरो प्यारो दाइ धेरै धेरै सम्झना
दाइ आज हजुरको जन्म दिन मुवा बुवाको लागि अनमोल खुशि लियर यो धर्तीमा पाइला टेकीसियो तर यो खुसि धेरै दिन टिकेन हजुर माथी दुस्मनको आखा लाग्यो दाइ हजुर हामीमाझ नरहेनी जन्म दिनको लाखौं लाख शुभकामना छदाइ हजुर लाई यो बहिनीको आर्शिवाद सधै भरिको लागि लागि रहनेछ । दाइ हजुर जताभयपनी सधै हासि खुसि रहनु कहिले दुखि नहुनु हजुरका अधुरा सपना म पूरा गर्नेछु ।धेरै माया अनि मिठो सम्झना छ ।मेरो प्यारो दाइ आज हजुर मेरो सामुत हनेइसिन्न तरपनि मेरो यो आर्शिवाद लागिरहोस । हजुरले हामीलाई छोडेर गयकोनी आज २१ महीना भयो ।



यो २१महीनामा हजुरको सम्झना नआको त कुनै दिन रात खाली छैन दाइ तरपनि आज त हजुरको विषेश दिन हो दाइ एती धेरै सम्झना आको छकि कुनै शब्दमा वडन गर्न सकिदैन । पूरा जिन्दगी हजुर हामीसँगै नभयपनी थोरै समयको लागि भयपनि यति धेरै माया गरिस्यो कि कहिलैे पनि विर्सिदैनम। यो खुसि पापि दैबले देखन सकेन । तर हजरले गरेको माया हजरले सिकायका कुरा कहिलै विर्सिदिन दाइ म । दाइ हजुर सपनामा आइसिन्छ तर मलाइ विपनामा नै आयजस्तो लाग्छ।दाइ आजसम्म हजुर हिड्ने बाटो हजुर आउने समय र्हदा र्हदै २१ महिना बितिसक्यो दाइ । अझैपनि आसमरेको छैन दाइ हजुर आइसिन्छ होला भनेर बसेका छौ ।


दाइ हजुर हिड्ने हेरीराखेकाछौ ।चटकै माया मारेर गइस्यो हजुर नहुदा यकलै नसुन्ने सानो भाइलाई छोडेर गइस्यो । दाइ हजुर बिनाको यो जिन्दगी सधै अधुरो अपुरो हुने छ दाइ । जति अभाब दु ख भयपनि जिन्दगी जिउनै पर्ने रहेछ ।हजुरले हामीलाइ छोडेर गयपनी हाम्रो साथमा हजारौ दाइहरु दियर गइस्यो।हजुरले गरेजस्तै दाइहरुबाट माया पाइरहेका छौ दाइहरु कोहि नजिक छन कोहि टाठा छन सधै नभेटेपनि फोनगरी राख्नु हुन्छ सबै दाइहरुले राम्रो सङग पढ्नु है भाइ बहिनी पढेर दाइ को सपना पूरा र्गनु पर्छ भन्नुहुन्छ । हरेक दाइहरु भित्र हजुरलाइ पाउछु दाइ ।


कुनै दाइहरुले भेटन आउछु भन्दा हजुरपनि आइसिन्छकी जस्तो लाग्छ । दाइ हजुर सँङै हिड्ने सँगै खाने रमाउने दाइ हरु आइसिन्छ तर हजुर काता गइस्यो कहीलै आइसिन दाइ। हजुरका साथीलाइ दाइ खै भनेर सोध्दा केही भन्दैन्न अब यो भगवानलनइ सोधनबाकी छ दाइ हजुरलाइ कता लग्यो पापि दैवले कहिले नदेखने कहिले नभेटने गरि हामीबाट खोसेर लग्यो हजुरलाइ,, पढेका कुरा यति थाहा हुदैन थियो दाइ तर हजुरले छोडेपछि भोगेका एक एक कुरा थाहाछन ।सबै स्वार्थि हुदारहेछन दाइ आफुसङ्ग केहि हुदा मात्र सब आफ्ना हुदा रहेछन ।दाइ अरुले भन्दानी आफ्नानै हुन भन्ने मान्छेले धोका दिय दाइ के नाता के आफन्त सब स्वार्थि हुदारहेछन।


लगायका गुन विर्सिय।आफ्नो रगतको नाता भन्दा राम्रो भावनाको नाता हुदोरहेछ दाइ जिन्दगीमा धेरै कुरा बुझदैछु ।हजुर लाई गुमाउदा कति आफन्त रोय भन्ने कुरा होइन दाइ कस्ले कस्तो व्यवहार गरे भन्ने कुरा बुझेकी छु । एक एक हिसाब गरेर राखेकी छु एकदिन सब पूरा गर्छु दाइ हजुरको त्यो त्याग समर्पण आन्दोलन क्रान्र्ति प्रतिको हजुरको निस्वार्थ देशप्रेम र वर्गीय माया विसर्त सम्झौता गरीस्यो है दाइ मृत्युु सँङ नडराइ अन्याय अत्याचार भ्रष्टाचारको विरोध गरेर त आज दलालहरुले प्रतिवन्ध लगायको छ हजारा‌ै देश प्रेमी नेताहरुलाइ गिरफ्तार गरेको छ।हजारौं परिवर्तनकारी देश भक्त रास्ट्रप्रेमी हेमन्त प्रकास वलि धरवेन्द वास्तोला माइला लामा लगायत विभिन्न दिदी बहिनी हरु निरन्तर परिवर्तन को खोजी गर्दै अहिले पनि जेलनेलमा हुनुहुन्छ 


हुँदैन बिहान र्मिर्मिरेतारा झरेर नगय बन्दैन मुलुक दुईचार सुपुत मरेर नगय कवि भुपि सेरचनले भने जस्तै हजुरको यो बलिदान सामान्य होइन र हुनेपनि छैन दाइ।सधैं महान हुनेछ हजुरको बलिदान ।हाम्रो देश जस्तो दलालहरुको लागि यो बलिदान सामान्य भयपनि कामदार वर्ग शोषित वर्ग,उत्पीडित वर्ग,प्रगतिसिल र गरिबदुखी वर्गको मन मस्तिकमा सधा हजुर बाचिरही सिन्छ दाइ । चाहदैमा सबै कुरा आफुले सोचेजस्तो हुदैन रहेछ आखाँले देखेको कुरा अनि आफुले भोगेको सधै फरक हुदोरहेछ जिन्दगीमा । इकबिनाको मान्छे र विक विनाको सर्प जस्तै बद्लाको सट्टा बद्लानै लिनुपर्छ ।सबै व्यक्ति एउटै हुदैन रहेछन दाइ हजुरको नाम बेचेर खानेपनि धेरै छन दाइ। त्यसैले त्यो बद्ला लिनुछ ।     

                                                                                                                             उहीँ हजुरकि प्यारी बैनी कलसा साही 
                                                                                                                                               काठमान्डौ नेपाल

                                 लेखक: कलशा साही सहिद प्रज्वलकि वहिनि हून .

                                                                                                                              ⇓  अधिक जानकारीका लागि सेएर गरौँ  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्