banner

कणाली प्रदेश

एक महिने आई–टी तथा तिन महिने सिलाई कटाई ब्यवसायीक तालिम उद्घाटन

kalikot manma

1 158 total views, 1 1 views today

मानबहादुर  बिश्वकर्मा

फागुन १३ कालिकोट-यूवा सशक्तीकरण बुलगारी परीयोजनाको तिन महिने सिलाई कटाई तथा एक महिने आई–टी प्याकेज सम्बन्धि ब्यवसायीक तालिमको  शुक्रबार  कालिकोटमा उद्दघाटन गरीएको छ । भिडीसेफ नेपाल कालिकोटका उपाध्यक्ष दुर्गा शाहको अध्यक्षतामा  कार्यक्रमको उद्धघाटन गरीएको हो ।

आफ्नो सिप लाई आत्म निर्भर बनाउन र सक्षम बनाउन सिप मुलक तालिम संचालन गरीको बताइएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका र तिलागुफा नगरपालिकामा कार्यक्रम संञ्चालन गर्दै आएको छ ।

यस परियोजनाले २८२ जना युवालाई सिपमुलक र लघु उद्यम तालिम दिई स्वरोजगार बनाएको र तिलागुफा नगरपालिकामा स्याउको जाम र जडिबुटि चिया उत्पादन उद्योग समेत संचालनमा ल्याएको छ ।

नरहरिनाथ गाउँपालिकामा सर्वोत्तम पिठो उत्पादन उद्योग पालिका संग साझेदारी गरि स्थापना गरिएको र कार्यक्षेत्रका दुवै पालिकामा यूवा सूचना केन्द्र स्थापना गरि संचालनमा ल्याएको छ । ज्योती एण्ड टिका सिलाई कटाई प्रशिक्षण केन्द्रले सिलाई कटाई संञ्चालन गरेको र तिलागुफा नगरपालिका र नरहरीनाथ गाउँपालिका गरी जम्मा चाँर जनालाई कम्प्युटर तालिममा लिएको बताइएको छ ।

तालिम लिने ब्यक्तिहरुलाई सूचना केन्द्रमा सहजता ल्याउनको लागि तालिम दिएको हो । सिलाई कटाई भनेको लेभल एक लिई सकेकाहरुलाई उनिहरुको लेभल दुईमा प्रवेश गर्नाका लागि तालिम संञ्चालन गरीएको हो ।

तिला कर्णाली एजुकेशन एण्ड कम्प्युटर सेन्टरले कम्प्युटर प्रशिक्षण तालिम संञ्चालन गरेको छ,भने ज्योती एण्ड टिका सिलाई कटाई प्रशिक्षण केन्द्रले सिलाई कटाई तालिम संञ्चालन गरेको छ ।

उक्त उद्घघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्दयोग तथा उपभोक्ता हित संरक्षण कार्यालय कालिकोका मनोज आचार्यले सिप सिकिसकेर  आफुले सहि ठाउँमा प्रयोग गर्नसकेपछि मात्र आत्म निर्भर भईने बताए ।  यूवा सशक्तीकरण बुलगारी परीयोजना सेभ द चिल्ड्रेनका का चाईल्ड पोपर्टी अफिसर ईन्द्र बिकले कार्यक्रममा बोल्दै यूवा लाई रोजगार र स्वदेशमै आत्म निर्भर बनाउन सीप मुलक तालिमले सहयोग पुर्याउने बताए ।

यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले यस्ता सिलाई कटाई र कम्प्युटर तालिमले आफुलाई आत्म निर्भर संगै रोजगारी हुने बताए । कार्यक्रमलाई समापन गर्दे भिडिसेफ नेपाल कालिकोटका उपाध्यक्ष तथा कार्यक्रका अध्यक्ष दुर्गा शाहले कुनै पनि आपत विपत परेपछि भिडीसेभ नेपालले सहयोग गर्ने र सिप मुलक तालिमले यूवाहरुलाई रोजगारमा ल्याउने बताए । 

 

                                             ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्