banner

आर्थिक

एनआईसी एशियाले ७.७५ प्रतिशत ब्याजदरमा १५ करोडसम्म ‘लोन अगेन्स्ट सेयर’ दिने

काठमाडौ । एनआइसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जाको आकर्षक योजना ल्याएको छ ।
‘लोन अगेन्स्ट शेयर’को आकर्षक कर्जा योजनामा वार्षिक ७.७५ प्रतिशत ब्याजदरमा कर्जा पाउनेछ ।

यस्तै ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत न्यूनतम रू. १ करोड देखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत रू. ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिन्छ ।

यो सेवा आवश्यक कागजात प्राप्त भए पश्चात्को ४८ घण्टाभित्र नै कर्जा दिने निर्णय दिने जनाएको छ । साथै यसम्बन्धी जानकारी लिनको लागि ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको निःशुल्क नम्बर १६६०–०१–७७७७१ मा फोन गरी थप जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्याय को पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल सु:खी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ ।  तपाईको सूचना र समाचार को तिर्खा मेट्न यन यस मिडिया अहोरात्र याहा को साथ मा छ , यन यस मिडिया ले ताजा र खोजमूलक न्याय हित का समाचार, विचार, ब्लग,विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रता का सवालमा यन यस मिडिया ले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । पत्रकारिता का स्थापित मूल्य मान्यता, पत्रकारिता को नैतिक बन्धन, देशको प्रचलित संविधान, ऐन, कानूनलाई आत्मसात गर्दै सामाजिक उत्तर दायित्व सहित समाजमा हरेक ब्यक्तिलाइ सुसुचित गराउने प्रयास गर्दै अघि बढ्ने कठित प्रण गर्छौं ।

सम्पर्क

DNS Media PVT. LTD. 

Basundhara, Kathmandu, Nepal

nsinfo505@gmail.com

+977-9862450505

+977-9840294508

विज्ञापनका लागि

+977-9848358806

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्