banner

अन्तर्राष्ट्रिय

एपल, एमेजन, फेसबुक र गुगलमाथि अमेरिकी संसदीय सुनुवाइमा कडा आरोप

 

प्रमुखहरू

काठमाडौँ, – विश्वका चार ठूला प्रविधि कम्पनीका प्रमुखहरू बजारमा प्रतिस्पर्धा दबाउन उनीहरूले शक्तिको दुरुपयोग गरेको भन्ने आरोपको सामना गर्न अमेरिकी संसदीय सुनुवाइमा उपस्थित भएका छन्।

एमेजनका प्रमुख जेफ बेजोसले विश्वलाई ठूला कम्पनीहरूको “खाँचो रहेको” बताए भने फेसबुक, एपल र गुगलका प्रमुखहरूले आफ्ना कम्पनीले आविष्कारका लागि उत्प्रेरित गरेको तर्क गरे। बीबीसीका अनुसार कडा नियमन तथा प्रतिस्पर्धासम्बन्धी छानबिनको विषयमा सांसदहरूले विमर्श गरिरहेका बेला ठूला प्रविधि कम्पनीका प्रमुखहरू संसदीय सुनुवाइमा सहभागी भएका हुन्। कतिपय आलोचकहरू चाहन्छन् ती कम्पनीहरू फुटून्।

सुनुवाइका क्रममा डेमोक्र्याटहरूले प्रतिस्पर्धाको विषयमा प्रश्न उठाए भने रिपब्लिकनहरूको चासो ती कम्पनीहरूको सूचना व्यवस्थापनको विषयमा थियो। संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्र्याट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट “अनलाइन प्लेटफर्महरूले दायरा विस्तार गर्नका निम्ति आफ्नो शक्ति विध्वंसात्मक र हानि पुर्‍याउने हिसाबले खर्च गरेको” बताए।

ती कम्पनीहरूले एकाधिकार कायम गरेको भन्दै त्यसप्रति आवश्यक कदम चाल्नुपर्नेमा उनले जोड दिए। “केही [कम्पनी] फुट्नुपर्छ र सबैको हकमा उचित रूपमा नियमन आवश्यक छ,” पाँच घण्टा लामो सुनुवाइको अन्त्यमा सिसिलिनले भने। भिडिओ लिङ्कमार्फत् उपस्थित भएका फेसबुकका मार्क जकरबर्ग, एमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाइ र एपलका टिम कूकलाई पाँच घण्टासम्म प्रश्नहरू सोधिएको थियो।

चारैजना प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कम्पनीले कुनै गैरकानुनी काम नगरेको बताए। उनीहरूले कम्पनीको अमेरिकी उत्पत्ति एवम् मूल्य-मान्यतामाथि जोड दिए। सुनुवाइका क्रममा सांसदहरूले आफ्ना वेब पेजमा प्रयोगकर्ताहरूलाई तानिरहन गुगलले एल्पजस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको आरोप समेत लगाए।
वेबसाइटमा एमेजनका विक्रेताहरूको व्यवहार इन्स्टाग्रामजस्ता प्रतिस्पर्धीको स्वामित्व फेसबुकले खरिद गरेको र एपलको एप भण्डार लगायतका विषयले सांसदहरूको ध्यान तानेको थियो।
सुनुवाइका क्रममा कतिपय रिपब्लिकन सांसदले ती कम्पनीहरूलाई टुटाउने अथवा प्रतिस्पर्धासम्बन्धी अमेरिकी कानुनमा आमूल परिवर्तन ल्याउनुपर्ने पक्षमा आफूहरू नरहेको तर्क गरेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्