banner

ताजा समाचार

ओलीलाई कुन कुन अवस्थामा सत्ताबाट हटाउन सकिन्छ: वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

kp oli

1 114 total views, 1 1 views today

यनयस मिडिया 

फागुन १४ काठमाडौं- प्रतिनिधि सभा विघटन गर्ने कदमविरुद्ध सर्वोच्च अदालतले फैसला गरेपछि पनि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिने पक्षमा छैनन् । उनीमाथि नैतिकताको प्रश्न उठाएर राजीनामाको दबाब बढाइएपछि संसदीय प्रक्रियाबाट हटाउन चुनौती दिइसकेका छन् ।

ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध अदालतले फैसला गरेको भोलिपल्ट बोल्दै तर्साउँदैमा नहट्ने जवाफ दिए ।
उनले भने,‘जीन्दगी रहेसम्म जिम्मेवारी पूरा गर्ने हो ।’ उनले सुर्य उदाउँदा पनि रातै हुने र अस्ताउँदा पनि रातै हुने बताएर आफूलाई सत्तामा रहँदा र नरहँदा कुनै फरकपन महशुश नहुने बताए ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई अलिकति पनि लाज भए राजीनामा दिन भने ।

तर, ओलीले अड्डी छाडेका छैनन् । यसबाट अब ओलीलाई हटाउन पार्टीको संसदीय दल या प्रतिनिधि सभाबाटबाहेक विकल्प छैन । उनले राजीनामा दिएपनि अर्को प्रधानमन्त्री नआएसम्म सत्तामै रहनेछन् ।


वैधानिक रुपमा नेकपा अहिले पनि एक छ । त्यसैले नेकपा संसदीय दलको नेता रहेसम्म ओली प्रधानमन्त्री रहन्छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसदीय दलबाट हटाउन सक्नुपर्ने बताउँछन् । उनी भन्छन्,‘वैधानिक रुपमा नेकपा एक भएकाले ओली संसदीय दलबाट हटेमा स्वतः प्रधानमन्त्री पदबाट मुक्त हुन्छन् ।’ ओलीलाई हटाउनका लागि संसदीय दलमा अल्पमतमा पार्ने सबैभन्दा उत्तम विकल्प भएको त्रिपठाीको तर्क छ ।

                      ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्