banner

कणाली प्रदेश

कर्णाली सरकारले प्रदेशका सबै सञ्चार गृहलाई एक–एक लाख रुपैयाँ दिने

nsmedia

1 139 total views, 1 1 views today

यनयस मिडिया 

माघ २७ काठमाडौँ । कर्णाली प्रदेश सरकारले प्रदेशका प्रत्येक सञ्चार गृहलाई एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै प्रदेश भित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक÷एक लाख दिने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बतए ।


नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भने, ‘कोरोना महामारीको ठूलो असर सञ्चार क्षेत्रमा पनि परेको छ । त्यसैले प्रदेशभित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक–एक लाख दिने हाम्रो मन्त्रालयले निर्णय गरेको छ ।

’ मन्त्री भण्डारीले नेपाली जनताको आशु, रगत र पसिनाबाट लेखिएको संविधानका हरफहरु मेटिने हो कि भन्ने आशंका उब्जिएको बताएका छन् ।


‘जनताको बलिदानबाट प्राप्त अधिकार खोसिने हो कि भन्ने यतिबेला नेपाली जनमा एउटा आशंका छ । अब त्यसो हुन नदिन तपाईंहरुका कलम चल्न आवश्यक छ,’ मन्त्री भण्डारीले भने । पत्रकार महासंघ सुर्खेत शाखाको २५ औँ साधारणसभामा नौ जना पत्रकार सम्मानित भएका छन् । शान्ति र विकास पत्रकारिता पुरस्कारबाट देवीराम देवकोटा, डम्मर आचार्य, चाँदनी कठायत, भानुभक्त खड्का सम्मानित भएका छन् । त्यस्तै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट खिम बुढा र मानबहादुर वली, वर्ष पत्रकारिता पुरस्कारबाट ललित बुढा र मधुवन बिसी, स्वर्गी पत्रकार नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट गीता थापा सम्मानित भएको महासंघ सुर्खेतका शाखा अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए ।

                                                                                         ⇓ अधिक जानकारीका लागि सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्