banner

कणाली प्रदेश

कर्मचारी न्यूक्ति र नातावाद,योग्यताको पत्तासाप_पुरा पढ्नुहोस

Sundar Nath Yogi

1 419 total views, 1 1 views today

यनयस मिडिया

माघ २९ काठमाडौँ, हाम्रो गाउँ हाम्रो समाज,यो पृथवीमा बस्ने मानिसहरु  उत्पतिदेखि नै यति चलाख भएको भए आज हामि पनि बेरोजगार र लाचाहार हूदैन थियौ होला,हिजो रुखका बोक्राहरु  शरीरमा झुण्ड्याएर शरीर ढाक्नेवेला एक्काइसौ शताब्दीमा पूगेर ब्राण्डेट लूगा लगाउने परीकल्पना खास बिरलै थियो होला किनकी म एक्काइसौ शताब्दीको बच्चा हू,मेले सूनेको छू र पढेको पनी छू पूर्खाहरु  मेहनती थिय तर गरीव थिय ।                    

किनकी उनिहरु  सबै इमान्दार भएर नै सबै गरीव भएका हून । म त जनयूद्धको बिचमा जन्मीय,अन्तमा हूर्किय र तानाशाहा मा बूझ्ने भएको छू ।

मलाइ अझैपनि याद छ जनयूद्धको जल्दो बल्दो स्तिथि थियो । नेपालमा राजा ज्ञानेन्द्र बिरबिक्रम शाहा र राज्य बयवस्थाका बिरुद्धमा लडेर रानसंस्था सँधैका लागि अन्त्य गरी देशमा गणतन्त्र स्थापना गर्न निकै ठूलो कसरत हूदै थियो । तत्कालिन शाहि सेना र तत्कालिन माओवादीका जनमूक्ति   सेनाहरु बिच दाहोरो भिडन्त पनिचलिरहेको  थियो  । माओवादीहरु ले गाउँका एकान्त ठाउँहरु मा आफ्ना प्रशिक्षण तथा खूल्ला कार्यक्रमहरु  पनी गर्ने गरेका थिय । तिनै माओवादीहरु को एक सदस्य मेरो वूवा पनि हूनूहून्थ्यो ।

म बच्चा भएपनि केहि सामान्य कूराहरु  बिर्षेको रहेन छू । एक दिनको कूरा हो , मेरो घरमा मेरी आमा र वूवा बिचमा केहि महत्वपूर्ण खल चल्दै थियो । त्यो मेरो भबिष्यको लागि रहेछ । दिनानू दिन छोरा ठूलो हूदै छ उसको पढाइका लागि केहि सल्लाहा भएको रहेछ । दन्दकालमा पढाइ लेखाइ त्यति सजिलो थियन । गाउँमा स्कूल पनि  थियनन । किताब कापि र कलम पाउन समेत हम्मे हम्मे हून्थ्यो । त्यहि सल्लाहमा मेरो वूवाले भन्नूभयो । पढाई किन चाइयो शिक्षा भनेको त वूजूवा हो । यो बूर्जूवा शिक्षा भन्ने शब्द वूवाले आफै जानेर बोल्नूभएको रहेनछ । उहाँले पार्टिको प्रशिक्षणमा गएर । प्रशिक्ष डा.बावूराम भट्टराइ बाट सून्नूभएको रहेछ । बाबूरामले  प्रशिक्षणमा भन्नूभएछ । डाकटरमा पिएचडि गरेको मान्छे हू,मैले त माक्सबाद  रोजे तपाइलाइ स्कूल किनचाइयो  ? माक्सवाद त हामि सिकाउछौ । उहाँले दिएको प्रशिक्षण त मेरो वूवालाई हो । मैले त दन्दकालको गरीवि आमाका दूख र वूवाको मेहेनत मेरो संघर्षले अक्षर चिन्न सक्ने भए । मलाइ स्कूल पनि भर्ना गरीयो कता कता मेरो मनमा पनि त्यहि बूजूवा शिक्षा भन्ने शब्द लूकेको रहेछ । स्कूल गएर पनि मन लगाएर पढ्न धेरै मूस्कील भयो ।

समय बित्दै गयो जनयूद्ध पनि शान्ति हूदै गयो । गाउँ गाउँमा स्कूलहरु  पनि सन्चालन भए । २०६५ साल जेष्ठ १५ गते जनताले चाहेको गणतन्त्र पनि देशमा लागू भयो,२०६४ सालको आम निर्वाचनमा मेरो बूवाको पार्टिनै देशभर बिजय भयो । मलाइ पछि थाहा भयो मेरो बूवा सोझो हूनूहूदो रहेछ । किनकि शान्तिबार्ता पछि सबै देशको राजधानिका शहर तिर गए उहाँ  गाउँमै बसेर कृर्षि पेशा गर्न थाल्नूभयो । त्यसपछि मेरो पढाइमा समेत धेरै सहज भयो । मैले पनि मिहिनेतका साथ पढ्न थाले, बिस्तारै गाउँमा माधयामिक शिक्षा सम्म हासिल गर्ने मौका पनि पाइयो । २०७० सालको कूरा हो,मेरो गाउँ मेहलमूडिमा रहेको पन्चदेवल माध्यामि बिधालयवाट एस एल सि दिएर पास पनि भएँ,संयोग वस दूख भनौँ वा समय २०७१ सालमा मेरो वूवाको निधन भयो । वूवाको मृत्यृ पछि घरमा एउटा अबिभावकको भूमिका निर्वाह गर्ने जिम्मेवारी मेरो काँधमा आयो बाध्यताले भएपनि समयले त्यो जिम्मेवारी वहन नगरी नहूने भयो ।

आमा वूवाको मायाले फूर्किएर काम गर्न समेत नजान्ने म परीवार समाल्न त्यति सजिलो थियन । जसो तसो सकि नसकि गाउँलेको हेपाइले पनि सक्ने बनायो,समयले एक्लो बनाएको बेला कोहि पनि आफ्ना हूदा रहेन छन । तयो समय एस एल सि को पनि राम्रे मान्यता हून्थ्यो । केहि बर्षको दूख कष्ट र संघर्ष पछि शहरको सकूलमा प्राबिधिक शिक्षा पढीरहेको छू । मेरो यो पढाई पनि दोधार छ, किनकी अहिले त गाउँ गाउँमा स्थानिय सरकार छ,जनताको बलिदान रगत र संघर्षले लेखिएको संबिधानको सफलता जस्तो लाग्छ  मेरो पढाईको र मेरो बिचको तगारो पनि स्थानिय सरकार नै हो,किनकी यो स्थानिय सरकारले नाताबाद निकै हावि बनायो र पूँजिवाद ले जनतालाई निकै संकटमा पार्यो । बर्षौ देखि गरीवि भित्र जिन्दगि खोजेर लाखौँ आर्थिक खर्चिएर हातमा सटिूफीकेट लीएका यूवाहरु  मान्यता पाउँदैनन । कूनै नेता र जनप्रतिनिधिको आशेपाशे र पैशावालको मात्रै यो सरकारले कूरा सूनेर प्राथामिकता दिन्छ । पढेर लेखेर जागिर खाउँ भने मान्यता प्राप्त मेरा सर्टिफीकेटको मूल्यांकन नहूदो रहेछ । म सँग त जागिर खानलाई ४ देखि पाँच लाख सम्म पूजि सरकारलाई दिनू प्रर्ने रहेछ त्यो भन्दा दोब्वर पूजि त पढाइमा सकियो,अव त म पैसावाला पनि छैन,जनप्रर्तिनिधिको आसेपासे पनि होईन र कूनै नेताको,त्यसैले शैक्षिक योग्यताको कदर नहूदो रहेछ र डाक्टर बावूराम भट्टराईले बूर्जूवा शिक्षा भनेका रहेछन । फरक यत्ती हो कि शिक्षा भित्र बूर्जूवा प्रबिर्ति मिसियको रहेको छ । आज यहि सहन नसकेर लाखौँ यूवाहरु  बिदेशयिका छन । दिनहूँ बिमानस्थलमा नेपािलका लाशहरु  आउने गरेका छन । यसो भन्दा केहि बर्ष कष्ट गरेर भएपनि यो ब्यवस्था सँधैका लागि अन्त्य गर्नका लागि माक्सवाद राम्ररी पढ्न जरूरी छ ।

                                                                                                    लेखक : सुन्दर नाथ योगी 

 

भिडियो 

                                                                                                           ⇓ सेयर गर्नुहोस   ⇓  

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्