banner

आर्थिक

काबुलबाट यूएनका दुई जहाज मंगलबार नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका दुई जहाज मंगलबार काठमाडौं आउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार यूएन चार्टर्डका दुई जहाज काबुलबाट काठमाडौं आउन लागेका हुन् ।

विमानस्थल कार्यालयका अनुसार मंगलबार कोलम्बियाबाट समेत एक जहाज काठमाडौं आउने भएको छ । कोलम्बियाको लाँमेई एयरलाइन्सको जहाज काठमाडौं आउन लागेको छ । मंगलबार हिमालय एयरलाइन्सको जहाज कुनमिङबाट काठमाडौं आउनेछ । यो जहाज आज कुनमिङ जानेछ ।

एयर अरेवियाको जहाज सारजहा र इत्तिहाद एयरवेजको जहाज आबुधाबीबाट काठमाडौं आउन लागेका हुन् । सोमबार नेपाल एयरलाइन्सले दोहामा दुई उडान गर्‍यो । यसमध्ये एक उडानमा १ सय ५१ जना नेपाली घर फर्किएका छन् ।

नेपाल एयरलाइन्सको अर्को जहाजले दुबईबाट २३९ जना यात्रुलाई काठमाडौं ल्याएको छ । सोमबार हिमालय एयरलाइन्सको जहाजले क्वालालाम्पुरबाट १५६ र दोहाबाट १४९ जनालाई घर फर्काएको छ ।

फ्लाई दुबईको जहाजबाट १५४ जना नेपाली काठमाडौं आएका छन् । आज श्रीलंकन एयरलाइन्सको जहाज कार्गो बोकेर काठमाडौं आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

आन्ततिकतर्फ समिट एयरको जहाज लुक्ला उडेको छ । मनाङ हेली दुई यात्रु बोकेर खोटाङ उडेको छ । प्रभु हेलीले धादिङबाट तीन जनालाई काठमाडौं ल्याएको छ ।

श्री एयरलाइन्सको हेली दुई यात्रु बोकेर वीरगन्ज लागेको छ । कैलाश हेली ५ यात्रु बोकेर बागलुङ गएको विमानस्थलको तथ्यांकमा उल्लेख छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्