banner

जिल्ला - सेरोफेरो

कालिकोट जिल्ला कारागार का कैदी हरुलाई ३२ हजार लागत को ठुलो खसी उपहार

1 395 total views, 1 1 views today

खडक बिस्वकरमा  कालिकोट  ,

२७ कार्तिक कालिकोट, जिल्ला कारागारका कैदीबन्दीहरुलाई तिहार कोशेली स्वरुप खसि उपहार दिइएको छ । महावै गाउँपालिकाले प्रत्येक वर्ष दशै तिहारमा कैदीबन्दीहरुलाई पर्व विशेष उपहार दिदै आएको छ । यो वर्षको तिहारका लागि भने ३२ हजार बराबरको ठुलो खसि उपहार दिएको हो । गत वर्ष दशैमा कैदी बन्दीहरुलाई न्यानो कपडा, शिरक, डस्ना वितरण गरेको थियो ।

जिल्ला कारागार कालिकोटका जेलर नरबहादुर सार्कीको अध्यक्षता, महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीको प्रमुख आथित्यता र महावै गाउँपालिकाका लेखापाल मलिम रावतको विशेष आथित्यतामा भएको एक कार्यक्रममा खसि उपहार दिइएको हो । महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले दशैमा आफुहरुले कोशेली दिन नपाएकाले तिहारमा उपहार स्वरुप खसि दिएको बताएका छन् ।

जेलको जिवन जे जस्तो भएपनी तिहार राम्रो होस भन्दै शुभकामना आदान प्रदान समेत गरेका छन् । शाहीले भने सवै आवश्यकताहरु परिपूर्ती गर्न नसकिए पनि केही समस्याहरु भए आफ्नो पालिकामा सम्पर्क गर्न समेत कैदीबन्दीलाई आग्रह गरेका छन् । जेलर नरबहादुर सार्कीले आफ्नो कार्यकाल पछि सहयोग गर्ने सम्पूर्ण संघ संस्थाको अभिलेख राख्ने बताएका छन् ।

पहिलाका वर्षमा राहत दिनेहरुको कुनै पनि नाम, राहत सामान अहिले सम्म कारागारमा नरहेको उनले बताए । अवका दिनमा सहयोग गर्ने सम्पूर्णको नामावली राखेर कुनै कार्यक्रमको आयोजना गरी सम्मान समेत गर्ने बताएका छन् । कार्यक्रममा महावै गाउँपालिकाका कर्मचारी, पत्रकार लगाएतको उपस्थित रहेको थियो ,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्