banner

समाचार

कोरोनामुक्त भएको व्यक्तिलाई पुनः कोरोना संक्रमण

सुर्खेत । कर्णाली आइसोलेसनमा उपचारपछि निको भई घर फर्किएका आठ जनामा पुनः कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।
आइसोलेसनमा बसेर निको भई घर फर्किएका जुम्ला र दैलेखका ४/४ जनालाई पुनः पोजेटिभ देखिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार आठ जनामा पुनः पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
डा. तिवारीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका ६९ जना नै निको भएर फिर्ता भएपछि जुम्ला कोरोनामुक्त जिल्ला घोषित भएको थियो।
तर, निको भएर पठाएकै व्यक्तिमा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो। बाहिरबाट जुम्ला भित्रिएमध्ये चार हजार नौ सय १२ जनाको पिसिआर परीक्षण गरिएको जस्मा ६९ जनामा संक्रमण देखिएको थियो।
निको भएर आइसोलेसनबाट घर पठाएमध्ये चार जनामा पुनः पोजेटिभ देखिएको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जनाए। संक्रमितहरुलाई पुनः आइसोलेसनमा राखेर उपचार थालिएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्