banner

आर्थिक

कोरोना अवधिमा नेपाल भित्रिए ६०३ जना विदेशी पर्यटक

काठमाडौं, २८ भदौ । कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको यात्रा प्रतिवन्ध र लकडाउनका कारण पछिल्लो विगत चैतयता पर्यटक आगमन बन्द छ । तर, यो अवधिमा समेत काम विशेषले नेपाल आउने विदेशी पर्यटकको संख्या भने ६ सय ३ जना पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्रालयका अनुसार अपि्रल २०२० देखि अगष्ट २०२० सम्मको ५ महिनामा हवाईमार्ग प्रयोग गरी उक्त संख्यामा विदेशी नागरिक नेपाल आएका हुन् ।
सेप्टेम्बरपछि भने विदेशी नागरिकको आगमन बढ्दैछ । किनकी १ सेप्टेम्बरबाट सरकारले संयुक्त राष्ट्रसंघ, कूटनीतिक नियोग र विकास साझेदार संघ संस्थाका कर्मचारी र उनीहरुको परिवारका लागि नेपाल आगमन खुला गरेको छ । यसरी आउने मानिसहरुले स्वास्थ्य प्रोटोकल भने पालना गर्नुपर्छ ।

पछिल्लो ५ महिनामा नेपाल आएका विदेशीको संख्या सन् २०१९ को यसैअवधिको तुलनामा भने ९९.९ प्रतिशत कम हो । सन् २०१९ को अपि्रलबाट अगष्टसम्म कुल ४ लाख २ हजार ९ जना पर्यटक नेपाल आएका थिए ।

हवाई मार्ग प्रयोग गरी नेपाल प्रवेश गर्ने सबै विदेशीलाई नेपालले पर्यटक मान्ने गरेको छ । सन् २०२० को अगष्ट महिना मात्र २ सय ६५ जना विदेशी नेपाल आएका छन् ।

गत वर्ष सन् २०१९ मा ६८ हजार ४ सय ८२ जना विदेशी नेपालमा आएका थिए । मन्त्रालयका अनुसार कोभिड-१९ को महामारीका कारण आन्तरिक तथा बाहृय आवागमनका लागि हवाई तथा स्थल यातायातका साधन बन्द भएकाले यसको प्रत्यक्ष प्रभाव पर्यटक आवागमनमा परेको हो ।

पर्यटक आवागमनमा आएको कमीका कारण नेपालमा सेवा व्यापार समेत खस्किएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्