banner

अन्तर्राष्ट्रिय

कोरोना भाइरसबाट ब्राजिलमा एक लाखभन्दा बढीको मृत्यु, विश्वभर एक करोड ९८ लाख सङ्क्रमित

रियो दी जेनेरो, २५ साउन – दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् ।

करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमणबाट विश्वमा सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुकहरुः

क्र.सं. मुलक कूल संक्रमित निको भएका मृत्यु

१. संयुक्तराज्य अमेरिका ५१,४९,७२३ २६,३८,४७० १,६५,०००

२. ब्राजिल ३०,१३,००० २०,९४,००० १,००,५४३

३. मेक्सिको ४,७६,००० ३,१८,००० ५२,०००

४. बेलायत ३,०९,००० – ४६,५६६

५. भारत २१,५३,००० १४,८१,००० ४३,४५३

६. इटाली २,५०,००० २,०१,९४७ ३५,२०३

७. फ्रान्स १,९८,००० ८२,८३६ ३०,३२४

८. स्पेन ३,६१,००० – २८,५०३

९. पेरु ४,७१,००० ३,१९,००० २०,८४४

१०. इरान ३,२४,००० २,८२,००० १८,२६४

११. रसिया ८,८२,००० ६,९०,००० १४,८५४

१२. कोलम्बिया ३,७७,००० २,०४,००० १२,५४०

१३. दक्षिण अफ्रिका ५,५३,००० ४,०४,००० १०,२१०

१४. चिली ३,७१,००० ३,४४,००० १०,०११

१५. बेल्जियम ७३,००० १७,७६६ ९,८७०

विश्वभर १,९८,०७,६०५ १,२७,२४,२९९ ७,२९,६०९

रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्