banner

ताजा समाचार

कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या बढ्दै, सशस्त्र र नेपाल प्रहरीका गरी १०४२ जनामा संक्रमण

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गइरहेको छ । हालसम्म दुवै संगठनका १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका ७२१ र सशस्त्र प्रहरीका ३२१ जना गरी १ हजार ४२ जनामा कोरोना पुष्टि भएको हो । नेपाल प्रहरीका कुल ७२१ मध्ये २६८ जना डिस्चार्ज भएका छन् भने हाल ४५३ जना सक्रिय संक्रमित छन् ।

जसमध्ये प्रहरी प्रधान कार्यालयकै १६८, काठमाडौं उपत्यकाका ३९, प्रदेश १ का २६, प्रदेश २ का ८३, वाग्मती प्रदेशका ४८, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५४, कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ६ जना सक्रिय संक्रमित छन् ।

यसैगरी सशस्त्रका कुल ३२१ जना मध्ये १३८ जना डिस्चार्ज भएका छन् । हाल ४५३ जना सक्रिय संक्रमित छन् । जसमा प्रदेश १ का १०५, प्रदेश २ का ५३, वाग्मती प्रदेशका ७३, गण्डकी १, प्रदेश ५ का ४२ र कर्णाली प्रदेशका २९ र यूएन मिसनमा रहेका १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्