banner

ताजा समाचार

गोंगबु हत्या प्रकरणमा महिला पक्राउ, नशालु पदार्थ खुवाएर हत्या

काठमाडौं । काठमाडौंको गोंगबुमा शनिबार राती भएको विभत्स हत्या प्रकरणमा आरोपी महिलाले नशालु चक्की खुवाएर दाङका कृष्णबहादुर बोहोराको हत्या गरेको बयान दिएकी छन् । उनले नशालु चक्की खुवाएर बेहोस बनाएपछि दाउले हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

हत्यामा आफूमात्रै संलग्न भएको पक्राउ परेकी कल्पना शाही भन्ने कल्पना मुडवरीले बयान दिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले चितवनबाट हिजो पक्राउ गरेको थियो । प्रहरी अनुसन्धानमा कल्पना पौडेलको नामबाट ती महिलाले फेसबुकमा च्याट गरेको पाइएको छ ।

प्रहरीसँगको बयानमा उनले भनेकी छन्, ‘भोड्का र स्लिपिङ ट्याब्लेट दिएर बेहोस बनाएँ । हल्का बेहोस भएका समयमा ह्यामरले संवेदनशील अंगमा हिर्काएँ । त्यसपछि ढलेपछि उसको हत्या गरेकी हुँ । हत्यामा कसैको पनि संलग्नता छैन । शव फाल्न भने छोरीले पनि सहयोग गरेकी थिइन् ।’

प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बताएकी छन् । प्रहरीले ह्यामर र दाउ पनि फेला पारेको छ ।

घटनापछि ती महिला एम्बुलेन्समा चितवन पुगेको खुलेको छ । चितवनको शक्तिखोरस्थित घर हिँडेकी उनलाई प्रहरीले चितवनको टाँडीबाट पक्रेको थियो । प्रहरीले अहिले पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएको छ ।

प्रारम्भिक अनुसन्धानमा आर्थिक लेनदेन मुख्य कारण देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्