banner

समाचार

जय महाकाल युवा समुहद्धारा निःशुल्क खाना वितरण

काठमाडौँ, भदौ १३ गते । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने र मागेरै जिउने मानिसमाथि नराम्रो असर परेको छ ।
यसैबीच जय महाकाल युवा समूहद्धारा सामाजिक उत्तरदायित्व अन्र्तगत ‘आफू बचौं अरूलाई पनि बचाऔं, भोकालाई भोजन प्यासीलाई पानी’ खाना वितरण अभियान सहित नयाँ बसपार्कस्थित निःशुल्क खाना वितरण गरेका छन् ।

जय महाकाल युवा समूहका अध्यक्ष लिलानाथ भण्डारीका अनुसार,– ‘अघिल्लो लकडाउनमा जस्तै अहिले पनि दैनिक दुई सय जना असहाय व्यक्तिलाई खाना खुवाएको उनले बताए ।’ यस्ता दुःखी, असाहय र ज्यालामजदुरी गर्नेहरुको लागि सरकारले सहयोग गर्ने कार्यक्रमहरू रहे पनि पुग्दो नभएको अध्यक्ष भण्डारीले बताए ।
साथीभाइ र सहयोगी हातहरूका कारणले खाद्यान्न, तरकारी, तेल, नुनलगायत सामान सहयोगको रुपमा आउने गरेकाले खाना वितरण गरिएको उनले बताए ।
कोरोना भाईरस (कोभिड–१९) को कारण हातमुख जोड्न नसक्ने, सडकमा अलपत्र परेका, मानसिक सन्तुलन गुमाएका, बेसहारालाई खाना वितरण गर्दै आएको जय महाकाल युवा समूहका लागि सहयोग गर्न ईच्छुक महानुभावहरुले मोबाईल नम्बर ९८४१६८३७३७ र ९८१८०८८८९१ मा सम्पर्क गर्नसक्नुहुनेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्