banner

जिल्ला - सेरोफेरो

 जिप दुर्घटना : १ जनाको मृत्यु,४ घाइते

1 62 total views, 1 1 views today

यन यस मिडिया 

फागुन १४ काठमाडौँ -मालिका गाउँपालिका, ३ रुमबाट बिरामी बोकेर सदरमुकाम जाँदै रहेको ग १ ज ६७८८ नम्बरको जिप बिहीबार राति ११ बजे बेनी नगरपलिका– ४ फापरखेत घुम्तीबाट म्याग्दीखोलामा खस्दा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा चार जना घाइते भएका छन् । 

बिहीबार दिउँसो डाले घाँस काट्ने क्रममा रुखबाट खसेर घाइते भएका मालिका गाउँपालिका–३ पात्लेका ६२ वर्षीय गोविन्द रोकाको दुर्घटनामा परी मृत्यु भएको हो ।

घाइते रोकालाई थप उपचारका लागि बेनी लैजाने क्रममा साँघुरो घुम्तीमा जिप अनियन्त्रित भई खोलामा खसेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले बताए ।

दुर्घटनामा परी मालिका गाउँपालिका– ३ का रवीन्द्र रोका(२९), रोजुना रोका (२०), खगेन्द्र रोका (३८) र मालिका गाउँपालिका–१ निस्कोटका जिप चालक नरबहादुर सिउथानी रहेका छन् । खुट्टामा चोट लागेका चालक सिउथानीको बेनी अस्पतालमा उपचार नहुने भएपछि पोखरा रिफर गरिएको छ ।

                                                ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्