banner

ताजा समाचार

थप १४ सय ५४ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ६ सय ९६ कोरोना संक्रमित

काठमाडौँ, २६ भदौ । नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
२४ घन्टामा ११ हजार १६७ पीसीआर परीक्षण गरिएका छन् । २४ घन्टाको अवधिमा बिहीबार १२ सय ४६ जना संक्रमित फेला परेका थिए ।
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ९ सय ७२ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख २१ हजार १८६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ जना रहेका छन् ।
त्यसैगरी सक्रिय संक्रमित १४ हजार ९२५ रहेको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक हो । बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्