banner

ताजा समाचार

थप ८८४ जनामा कोरोना पुष्टि, उपत्यकामा १८६ जनामा संक्रमण

काठमाडौँ, १३ भाद्र । पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार शनिवार ८ सय ८४ जना संक्रमित थपिएका हुन् ।
देशभरका प्रयोगशालामा १० हजार ४७१ नमुना परीक्षण गर्दा २ सय ४२ महिला र ६ सय ५२ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा थप १ सय ८६ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । जसमध्ये २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा ९ जना पुरुष र ३ जना महिला रहेको प्रवक्ता गौतमले बताए। ज्यान गुमाउनेमा उपत्याका मात्रै ६ जना छन् । त्यस्तै पर्सामा दुई जना र सिराहा, पाल्पा, गोर्खा, कास्कीमा पनि एक एक जनाको मृत्यु भएको छ । याे सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्