banner

ताजा समाचार

थप ९ सय ८० जनामा कोरोना संक्रमण

काठमाडौँ, २१ भदौ । देशभर थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ९ सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा जागेश्वर गौतमले २९० महिला र ६९० पुरुष संक्रमित भएको जनाए ।
मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ४६ हजार २५७ संक्रमितको संख्या पुगेको जनाए ।
२४ घन्टाको अध्यावधिक विवरण अनुसार शनिबार १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ६८ हजार ३ सय ४५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ३ सय ८२ पीसीआर परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३ जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १७ हजार २७ जना रहेको छ । २४ घन्टामा थप ९ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय १४ जना डिस्चार्ज भएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्