banner

ताजा समाचार

दलित समुदायको सशक्तीकरणका लागि समाजवादी क्रान्ति अघि बढिसक्यो: उपेन्द्र यादव

Upendra_Yadav

1 81 total views, 1 2 views today

यनयस मिडिया 

फागुन १६  काठमाडौँ -जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालका दलित समुदायलाई शिक्षा र रोजगारीको ग्यारेन्टी गर्ने गरी समाजवादी क्रान्ति अघि बढेको बताएका छन् । ‘मान्छेको कुनै जात हुँदैन ।

तर, मनुस्मृतिमा आधारित भएर भारतखण्डमा खडा गरिएको जाति प्रथा यहाँ भित्र्याएर शोषण गर्ने षड्यन्त्र भयो,’ उनले भने, ‘यसको अन्त्यका लागि दलित समुदायले हरेक आन्दोलन र परिवर्तनका लागि योगदान पु¥याएको छ, तर समस्या अझै उस्तै छ । यसको निराकरण समाजवादी क्रान्तिबाट मात्रै सम्भव छ ।’

काठमाडौंमा समाजवादी दलित मुक्ति महासंघले गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा यादवले संविधानले दलितका केही अधिकारहरू सुनिश्चित गरे पनि कार्यान्वयन गर्ने शासकको सोचका कारण दलित मुक्ति हुन नसकेको बताए ।

उनले नेपाली दलित समुदायको सशक्तीकरणका लागि समाजवादी क्रान्ति अघि बढिसकेको बताए । यो समुदायले इतिहासमा धेरै पटक बलिदानी गर्यो , तर दलितले मुक्ति पाउन सकेनन्, अब हुने समाजवादी क्रान्तिमा भएको योगदानलाई हामी खेर जान दिदैनौँ,’यादवले भने ।

कार्यक्रममा काठमाडौं उपत्यकाका करिब ६ सयजना विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष यादवले सबैलाई खादा ओढाएर स्वागत गरेका थिए । 

कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य गंगानारायण श्रेष्ठ र समाजवादी दलित मुक्ति महासंघका इन्चार्ज तथा  केन्द्रीय सदस्य डिबी नेपालीलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

 

                                                          ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्