banner

आर्थिक

दशैं लक्षित तयारीमा जुटे सौराहाका होटल व्यवसायीहरु

 

दशैं लक्षित तयारीमा जुटे सौराहाका होटल व्यवसायीहरु
साउन१६, हेटौंडा।चार महिनादेखि बन्द रहेका सौराहाका होटल तथा रेष्टुराँहरु बिहीबारबाट खुलेका छन् । बिहीबार पहिलो दिन सौराहा सुनसान थियो । तत्कालै पर्यटकीय गतिविधि बढ्छ भन्ने आश नगरेका व्यवसायीहरुले दशैं लक्षित तयारी जारी राखेका छन् ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको बताए । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने विद्यमान अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीलाई छैन ।

अधिकांश होटल व्यवसायीहरु अहिले सरसफाइमा जुटेका छन् । चार महिनासम्म बन्द, बर्खाका कारण लागेको लेउ, बढेका बोटबिरुवा तथा फूलको गोडमेल तथा मर्मतका काममा व्यवसायी जुट्न थालेका छन् । केही व्यवसायीहरुले घरबिदामा पठाएका कार्मचारीलाई बोलाएर होटलको सरसफाइमा खटाएका छन् ।

होटल खुल्दा ठूला होटल व्यवसायीलाई खासै केही फाइदा नहुने भए पनि साना होटल तथा रेष्टुराँहरुलाई भने फाइदा हुने व्यवसायीको विश्वास छ । सौराहामा साना होटल तथा किराना व्यवसायीको दबाव आएपछि ठूला होटलसमेत सञ्चालनमा आएका छन् । सौराहाकासाना रेष्टुरेन्ट तथा पसलहरु होटलसँग आश्रित छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्