banner

ताजा समाचार

नागरिक अगुवा र मुलुकका बुद्धिजीवीसहित वार्तामा राख्ने वातावरण बनाए आफूहरू वार्ता बस्न तयार -विप्लव

1 151 total views, 1 1 views today

यन यस मिडिया

माघ  २१ काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वार्तामा आफू तयार रहेको जनाएको छ। कामचलाउ सरकारका खानेपानी मन्त्री मणि थापाले मंगलबार नख्खु जेलमा रहेका विप्लव नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेर वार्ताका लागि तयार रहन आग्रह गरेका थए। वार्ताको प्रयास सफल हुन नसकेको बेला मन्त्री थापालाई विप्लव नेकपाका नेता वलीसँग भेट्न पठाएर सरकारले पुनः वार्ताको सन्देश दिएको थियो। उक्त सन्देशलाई विप्लव नेकपाले आफ्नै कारणले निम्त्याएको संकट टार्ने विकल्पका रूपमा सरकारले वार्ताको कुरा गरेको स्पष्ट पारेको छ। पार्टीले आफूहरू वार्ता विरोधी नभएको दोहोर्‍याएको छ।


विप्लव नेकपाका मेची-कोसी ब्यूरो इन्चार्ज असल लिम्बुले अमुक पात्र र व्यक्तिले बोलाएको वार्तामा आफूहरू नबस्ने बताए। ‘पार्टी स्वदेशी भूमिमा खुल्ला वार्ता गर्न सधैँ तयार छ, हामी वार्ता विरोधी हुँदै होइन’, उनले भने, ‘हामी कुनै कोठा, जङ्गल वा भारतमा गएर वार्ता गर्दैनौं।’ आफूहरू खुल्ला रूपमा मात्र वार्तामा बस्ने उनको भनाई छ।

सरकारले वार्तामा बोलाउँदा सबैलाई जानकारी गराउनु पर्ने, नागरिक अगुवा र मुलुकका बुद्धिजीवीसहित वार्तामा राख्ने वातावरण बनाए आफूहरू वार्ता बस्न तयार रहेको लिम्बुले बताए। ‘सरकारले वार्ताका लागि भेला हुने स्थान र व्यक्ति सार्वजनिक गरोस्, जनताको पक्षमा वार्ता हुने वातावरण बनाओस्,’ उनले भने, ‘आफूलाई परेको संकट टार्न मात्रै वार्ताको कुरा गरिएको भए त्यसको औचित्य छैन। कसैको संकट टारिदिने, साक्षी बसिदिने वार्ता पार्टीले गर्दैन।’


लिम्बुले वार्ताका लागि जेलमा रहेका राजबन्दी रिहा हुनु पर्ने जनाए। ‘हाम्रो पार्टीका नेतालाई रिहा गरिनु पर्छ, झुटा मुद्दा लगाइएको छ, त्यो फिर्ता हुनुपर्छ’, उनले भने, ‘निराधार आरोप लगाउने र धरपकडको शृङ्खला चलाएर वार्ताको रटान दिनुको कुनै अर्थ छैन।’

पार्टीलाई खुल्ला राजनीति गर्न प्रतिबन्ध लगाएर हतियारको राजनीति गर्‍यो भन्नुको कुनै तुक नभएको जिकिर गरेका उनले हतियार राजनीति पार्टीको एजेन्डा र लक्ष्य नभएको दाबी गरे। दमन भएको अवस्थामा प्रतिरक्षाका लागि हतियार उठाइने र उठाउनु पर्ने बाध्यकारी अवस्था सिर्जना हुने उनको भनाइ छ। जातीय, वर्गीय, लैंगिक, धार्मिक र क्षेत्रीय युद्धले मुलुकलाई राम्रो नगर्ने तर यी पाँच कुराको स्थायित्व नभएसम्म युद्ध पनि नसकिने पार्टीको धारण रहेको उनको भनाइ छ।

                                                                                                                  ⇓अधिक जानकारीका लागि सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्