banner

मनोरन्जन

निर्माता संघको लफडाः अध्यक्ष हस्ताक्षर गर्ने, महासचिव असहमति जनाउने

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले संचारकर्मी प्रकाश सुवेदीको कार्यक्रम वार्ता वा कानुनी उपचारबाट समाधान नभएसम्म बहिष्कार गर्ने निर्णयमा हस्ताक्षर गरे । अध्यक्षले चलचित्र निर्माता संघको तर्फबाट हस्ताक्षर गरेपछि त्यो संस्थागत निर्णय मानिन्छ ।

तर, अध्यक्ष अधिकारीले हस्ताक्षर गरेको केही समयमै महासचिव रोज राणाले यसको विरोध गर्दै असहमती जनाए । उनले, प्रकाश सुवेदीले टेलिभिजनबाट बोलेको कुरा पत्रकारिता आचारसंहिता विपरीत भएको भन्दै यसको आलोचना पनि गरेका छन् । तर, प्रकाशले माफी मागिसकेको अवस्थामा विभिन्न संस्थाहरुले कार्यक्रमलाई नै बहिष्कार गर्नुपर्ने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । उनले, चलचित्र निर्माता संघको तर्फबाट अध्यक्षले गरेको हस्ताक्षर संस्थाको नभई व्यक्तिको धारणा भएको उल्लेख गरेका छन् ।

महासचिवको यो भनाइलाई सदस्य अर्जुन कुमारले समर्थन गरेका छन् । अर्जुनले पनि अध्यक्षको हस्ताक्षरमा आफ्नो समर्थन भएको उल्लेख गरेका छन् ।

चलचित्र निर्माता संघमा अध्यक्ष र महासचिवविचको जुहारी पहिलो पटक देखिएको होइन । विरगञ्जमा चलचित्र महोत्सव आयोजना गर्ने समयदेखि नै अध्यक्ष आकाश अधिकारी र महासचिव रोज राणाको तिक्तता देखिएको छ । महासचिव राणाले महोत्सवमा नै सहभागीता जनाएका थिएनन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्