banner

आर्थिक

निषेधाज्ञामा पनि बैंक खुलै रहने, कहाँ कति खुल्छन् शाखा ?

३ भदौं, काठमाडौं । काठमाडौं उपत्यकामा भोलिदेखि हुने निषेधाज्ञामा बैंकहरुले भने सेवा सुचारु राख्ने भएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुले सेवा शुचारु नै राख्ने बताए । तर सिमित शाखाहरुमात्रै सञ्चालनमा आउने उनले बताए ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकहरुलाई खुला राख्न दिने निर्णय गरेको छ । अत्यावश्यक क्षेत्र भएका कारण बैंकहरुलाई एकदमै सिमित कर्मचारीहरु राखेर सेवा शुचारु गर्न दिने बैठकले निर्णय गरेको हो ।

बैंकका कर्मचारीहरुलाई पास भने वितरण गरिएको छैन । एकदमै कम शाखा कार्यालयहरु न्युनतम कर्मचारी राखेर खोल्न दिने र उनीहरुलाई बैंककै परिचय पत्रका आधारमा आवाज जावत गर्न दिने बताइएको छ ।

‘थोरैमात्रै हुँदा हामी बैंककै परिचय पत्र देखाउर हिड्न दिन्छौं, फेरी धेरै जना आउनु भयो चाहिँ रोक्छौं भन्ने कुरा प्रहरीबाट आएको छ’ अध्यक्ष दाहालले भने ।

कहाँ कति खुल्छन् बैंक ?
बैंकर्स संघका अध्यक्ष दाहालका अनुसार बैंकहरुले सबै शाखा कार्यालयहरु भने खोल्ने छैनन् । काठमाडौं उपत्कायमा जिल्ला अनुसार बैंकले एक दिनमा कति वटा शाखा खोल्ने भन्ने तय भएको छ ।

अध्यक्ष दाहालले एक बैंकले काठमाडौं उपत्यकामा बढीमा ८ वटामात्रै शाखा कार्यालयहरु खोल्न पाउनेछन् । एक बैंकले काठमाडौं जिल्लामा एक दिन ५ वटा शाखा खोल्न पाउनेछन् भने भक्तपुरमा एक र ललितपुरमा २ वटा शाखा खोल्न पाउने उनले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्