banner

ताजा समाचार

नेकपा कानुनी रुपमा अलग भएमा मात्र सत्ता समिकरणबारे कुरा गर्ने: राजेन्द्र महतो

rajendra mathato

1 76 total views, 1 1 views today

यनयस मिडिया 

फागुन १६ काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल कम्युनिस्ट पार्टी कानुनीरुपमा अलग नभएसम्म सत्ता समिकरणको कुरा हुन नसक्ने बताएका छन् । उनले नेकपा कानुनी रुपमा अलग भएमा मात्र सत्ता समिकरणबारे कुरा गर्ने बताए ।

दलिय व्यवस्थामा फरक–फरक पार्टीबीच सहकार्य हुनु स्वभाविक भएको बताउँदै नेकपा दुई समूहमा विभाजन भएपनि कुन समूह आधिकारीक हो भन्ने प्रष्ट नभएकाले सत्ता समिकरणको कुराको अर्थ नभएको बताए ।

नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता महतोले भने,“कुनै व्यक्तिसँग सत्ता साझेदारी गर्ने होईन, पार्टी पार्टीबीच सहकार्य हुने हो, त्यसैले नेकपाको कुन समूह सिँगो नेकपा पार्टी हो भन्ने कानुनीरुपमा पुष्टि भएपछि मात्र सत्ता समिकरण गर्ने छौँ ।”

जुन पार्टी आधिकारीक हुन्छ उसैसँग सहकार्य हुन सक्ने बताए । देशमा राजनीतिक संकट नेकपा पार्टी कै कारण आएको उनको भनाई थियो ।

प्रतिगमन गर्ने र आन्दोलन गर्ने दुवै समूह एकै पार्टीको नाममा लडिरहेकाले यो संविधानको व्यवस्था विपरित भएको नतो महतोले तर्क गरे ।

                          ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्