banner

विचार

नेकपा भित्रको घर झगडा र नेताको गिर्दो साख

अहिले देशमा कोराना सन्त्रास बढेसँगै बाढी पहिरो र त्यसले निम्त्याएको डुबानको समस्यापनि थपिंदा हामी नेपाली गम्भीर आपतकालीन अवस्थाबाट अघि बढिरहेका छौं भन्दा अत्युक्ति नहोला । यो समयमा देशका सम्पूर्ण जनता तथा राजनीतिक दल र तिनका कार्यकर्ताहरू पंक्तिवद्ध भएर दुखिरहेको स्थानमा मल्हम पट्टी बनेर आपतमा परेका जनताको आँसु पुछ्न जमर्काे गर्यौं भने ठूला देखिएका समस्या पनि सबैको साथ सहयोगले समाधान गर्न सकिन्छ ।

आपसी मतभेदलाई पन्छाएर सरकारले गरिराखेको प्रयासमा साथ दिने बेला हो यो । समस्या समाधानको दिशामा प्रभावकारी देखिएर अघि बढ्नको लागि सबैका साथ र सहयोग चाहिन्छ नै । यस्तो कहरको समयमा कसले कहाँबाट कसरी सहयोग पुर्याएको छ, खटिरहेको छ, आफनो पार्टी पंक्तिलाई कसरी परिचालित गरिएको छ भनेर आम जनमानसले मूल्याङ्कन गरि राखेका छन् ।

देशमा यस्तो अप्ठ्यारो परिस्थिति अनि विश्वव्यापी कोरोना महामारी सित जुद्धै देशको अर्थतन्त्रलाई बचाई राख्नु पर्ने चुनौतिको सामना सँगै प्राकृतिक विपद पनि थपिएको समयमा सत्तापक्षका वरिष्ठ भनिने नेतागण भने ताँइ न तुइँको घर झगडा मच्चाउन तल्लीन देखिएका छन् । अहिले आफ्ना झिना मसिना मत भिन्नतालाई पन्छाएर आफ्नो अगाडि आइपरेको समस्यासित जुध्न जनता र सरकारलाई मार्ग निर्देशन गर्नु पर्नेमा काठमाडौंमा बसी सुरक्षाकर्मीका दलबल सहित कहिले कता कहिले कता दौड लगाई रहेका छन् । यो सबै कुरा आम मानिसलाई स्वीकार्य भइरहेको छैन र आदर्श भनाउँदा नेताहरू जनताको नजरमा झन झन् गिर्दै गइरहेको आभाष हुन थालेको छ ।

अझ प्रधानमन्त्री पनि भइसकेका र पार्टीको नेतृत्व पनि लामो समयसम्म गरिसकेका नेतागण आफ्नो हैसियत बिर्सेर अहिले बढी जसो खुमलटारका शारदाप्रसाद अधिकारीको घरको बैठकमा हात मल्दै कसैलाई पर्खिरहेको कारुणिक अवस्था त झन् उराठ लाग्दो देखिन्छ । गत आम निर्वाचनमा राजनीतिक स्थिरताको लागि भनेर जनताको घरदैलोमा जाँदा यो सामान्य चुनाव हैन, समाजवादको राजमार्गमा अघि बढ्नको लागि चुनाव अति नै महत्वपूर्ण रहेको र जनताको व्यापक सहभागिताले हामीलाई जिताउनु प¥यो भन्दा जनताले पनि मन फुकाएर मतदान दिएका हुन् ।

समाजवाद उन्मुख संविधान जारी गर्न नाकाबन्दी र हेपाहा प्रवृृतिको बाबजुद तत्कालिन नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेका थिए र हरेक टोल टोल तथा गाउँ बस्तीमा खुबै चर्चा कमाइरहेको सन्दर्भमा अर्काे पार्टीसित गरेको गठबन्धनले अझ उत्साह थपेको थियो । अहिले पूर्ण रूपमा दल एकिकरण सम्पन्न गरिसक्नु पर्ने थुप्रै कामहरू बाँकी नै रहेको अवस्थामा स–साना कुरालाई निहुँ बनाएर बखेडा खडा गरेको कुरालाई आम जनता र कार्यकर्ताले पटक्कै रुचाएका छैनन् ।

कोराना महामारीलाई सम्बोधन गर्न नेपाल सरकारले खेलेको भूमिकालाई विश्व स्वास्थ्य संगठनले पनि सन्तोषजनक मानेको अवस्था छ, यद्यपि हामीले सुधार गर्नुपर्ने थुप्रै कुराहरू छन् । गर्नुपर्ने सुधारका कार्यलाई सत्तापक्षिय भनिएको दलबाट रचनात्मक सहयोग भएमा अझ प्रभावकारी बन्न जान्छ । नेपालले आÏनो भूमि समेटेर जारी गरेको नक्साको कारण छिमेकीसित सम्बन्धमा फाटो आउने भनेर कुर्लनेहरू अहिले त्यसैको श्रेय लिन हामीले निर्णय गरेको हो, मेरो अध्यक्षतामा लिइएको निर्णय भनेर बारम्बार दाबी गरेको कुरा सुन्नमा पढ्नमा आइरहेको छ । आम नेपाली जनताले बुझ्नु पर्ने कुरा बुझेकै छन् । जसले जति जोडका साथ दाबी गरे पनि त्यो सन्तोष कै कुरा हो । र जनता, अनि बुद्धिजीविहरूले पटक्कै नरुचाएको अवस्था छ । नेतृत्वको प्रश्न उठाउनु भनेको साँच्चै जनमतको घोर अपमानको बिषय हो र एकिकरणको समयमा परिस्थितिको गहन विश्लेषण गरेर निर्माण गरिएको विधानको ठाडो उल्लंघन पनि हो । यस्ता असामयिक तथा अवाञ्छित विषयलाई उठाउने गरेका वरिष्ठ भनेका नेतागणहरू विगतमा परिक्षण गरिएकाहरू नै हुन् र देश जनताको नजरमा लगभग खरो उत्रिन नसकेका पात्रहरू नै हुन् । यस्तै गतिविधि रहिरहे अब अढाई वर्ष पछि हुने आम निर्वाचनमा धेरैको जग राम्रैसित हल्लिने कुरामा शंका रहने छैन ।

सत्तारुढ पार्टीका शीर्ष भनिएका नेताहरूले आÏनो दलको सरकारलाई पूर्ण रूपमा सफल गराउन चिन्ता लिनु पर्ने हो तर त्यो पटक्कै देखिदैन । सरकारलाई असफल तुल्याउन खोजेर, कालान्तरमा कसलाई खुशी पार्न खोजिदैछ, जनता जान्न चाहन्छन् । दक्षिण छिमेकी देशका सञ्चार माध्यमहरूले नेपाल, नेपाल सरकार र नेपालीहरू बारे खेदो खनेर जुन अनर्गल समाचारहरू कोठामा बसेर बनाए र प्रशारण गरे त्यसको बारेमा पूर्व प्रधानमन्त्रीहरूबाट र खासगरी पार्टीको विदेश विभाग प्रमुखबाट किन जनताले स्पष्ट सुन्ने र बुझ्ने गरी खण्डन गरिएको, जवाफ फर्काएको सुन्न पाएनन् ? वहाँहरू सबै त्यस बारेमा बोल्नु पर्दैन र ! वहाँहरूको दायित्व भित्र त्यो कुरा किन परेन ? विशेष भाग खोजेर सरकार तथा विभिन्न नियुक्तिहरूमा आÏनो उपस्थिति पनि जनाउने तर त्यही नेतृत्वलाई असहयोग गर्ने गरी बढाइएका कदमहरू सरकार प्रति मात्रै लक्षित नदेखिएर प्रकारान्तरले देश र जनताको विरुद्ध पनि देखिन जानेछ ।

यस प्रकारले वहाँहरूको व्यक्तित्व खिँइदै गएर झन् पुड्को बन्ने निश्चित प्रायः छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समकालीन नेपालको अपरिहार्य आवश्यक व्यत्तित्वको रुपमा नेपालीहरुले लिएका छन् । सिमासमस्याहरु छन, नेपाल र नेपालीको स्वाभिमानमा ठेस पु¥याउने खालका थुप्रै प्रयासहरु गरिएकाछन् । एक सार्वभौम राष्ट्रको स्वाभिमानलाई उँचो बनाइ राख्न र सँसारमा नेपालीहरुलाई सम्मान दिलाउन कसैले सक्छ भने त्यो केपी ओली बाट मात्र सम्भव छ । खहिले नेपाल राष्ट्रमाथि धम्किपुर्ण भाषा प्रयो गरी होच्याउने जुन प्रवृति दक्षिण तिरबाट गरिएकोछ त्यसको समुचित प्रतिवाद सरकारको नेतृत्वबाट भएकोछ । त्यो प्रतिवाद सिँगाोपार्टिले पनि एकमतले गर्दा हाम्रो सम्मान अझ बढनजाने थियो । मानिस आफैमा पूर्ण हुदैन र उसका कमीकमजोरीहरु पनि हुन्छन् ।

प्रधानमन्त्री तथा पार्टि अध्यक्षे केपी ओलीमा पनि स्वाभाविक रुपले कमजोरी नहुने कुरै भएन तर समकालिन नेपाली राजनीतिमा उहाँको कुनै तुलना हुनै सक्दैन । यति आँटभएको प्रधानमन्त्री वास्तवमा नेपालले पाउनु गौरवको कुराहो । आÏनै पार्टीका ठूला कहलाइएकाहरुवाट किन सहयोग मिलिराखेको छैन, यो सवै नेपालीले गर्ने गम्भिर प्रश्न बत्र गएको छ नेपाली इतिहासमा थुप्रै सम्झन लायक दूरगामी सकरात्मक प्रभाव पार्ने कामहरु केपी आली बाट पहिलो र दोश्रो प्रधानमन्त्रीत्व कालमा भएका छन् । नेपाली जनतालाई अहिले परिणाम चाहिएको छ । सिमाविवाद सधैको लागि हल गर्ने आँट र कौशल वर्तमान प्रधानमन्त्रीको नेतृत्वबाट मात्रै सम्भव देखिन्छ भत्रे कुरा सवैले महशुस गरेकै हो ।

प्रमुख प्रतिपक्ष दल अहिले संगठन सुदृढिकरण गर्दै महाधिवेशन सम्पन्न गर्ने दिशामा अघि बढिरहेको छ । सरकारलाई रचनात्मक आलोचना र टिप्पणी गर्नु उसको राजकीय धर्म पनि हो । त्यसको विपरित सत्तारुढ दल भित्रैबाट यत्रतत्र सर्वत्र आम जनमानसलाई वाक्क दिक्क पार्ने गरी गरिएका क्रियाकलापहरू अपाच्य बन्दै गइरहेका छन् । आम निर्वाचनमा के भनेर जनताको बीचमा पुगिएको थियो, त्यसको हेक्का राख्नु पर्दैन ? एकपछि अर्काे गल्ती गर्दै जाँदा भोलि निर्वाचनमा कुन मुखले जाने ? तपाईहरूको राष्ट्रिय अन्तर्राष्ट्रिय भूमिका हुँदैन ? सबैले एकिकरण हुँदाका बखतको पार्टी विधानलाई टेकेर कार्यभार पुरा गर्ने तिर लाग्न निकै नै ढिला भइसकेको छ । जनतालाई कोरोना महामारी, प्राकृतिक विपद र छिमेकीले सिमानामा बनाएका संरचनाका कारणले डुबान झेलिरहेको अवस्थामा किन सरकारको गतिलाई पनि रोक्ने प्रयास भएको छ ? तपाई वरिष्ठ भनिनेहरूले पीरमर्का बुझ्न सक्नु हुन्न र आÏनो परिवारको मात्र स्वार्थलाई केन्द्रमा राख्नु हुन्छ भने अरुले तपाँईहरूको पछि किन लागि रहने ? बेतुकको राजीनामा प्रकरणको गाईजात्राले अभिनय क्षमताको पनि खिल्लि उडाएको छ उदाङ्गो बनाएको छ ।

कुनै भागवण्डामा नभई क्षमताको हिसाबले सरकार प्रमुखले आÏनो मन्त्री परिषद पुनगठित गर्नुपर्ने देखिन्छ । पार्टी र पार्टीका नेताहरू सच्चिएर सरकारलाई रचनात्मक सहयोग गर्दै अघि बढेमा मात्र देशले अपेक्षित प्रगति हासिल गर्न सक्ने छ र समृद्ध नेपाल सुखी नेपालीको सपना प्राप्त गर्ने दिशामा अघि बढ्न सकिने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्