banner

ताजा समाचार

नेकपा विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन, विष्णु पौडेल संयोजक

काठमाडौं, ३० साउन । सत्तारुढ दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको विवाद समाधानका लागि सुझाव पेश गर्न ६ सदस्यीय कार्यदल गठन गरेका छन् । आज (शुक्रबार) विहान भएको अध्यक्षद्धय ओली र दाहालबीचको भेटवार्तामा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको हो ।
दाहालनिकट एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार नवगठित कार्यदलमा ओलीको तर्फबाट महासचिव पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल छन् । दाहालको तर्फबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । र, बरिष्ठ नेता माधव कुमार नेपालको तर्फबाट स्थायी कमिटी सदस्यहरु डा. भीम रावल र सुरेन्द्र पाण्डे छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्