banner

ताजा समाचार

नेकपा स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डको कुर्सी केन्द्रमा

काठमाडौं । नेकपाको शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डको कुर्सी केन्द्रमा राखियो। दायाँ प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल बसे भने बायाँ अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतम बसे।
सत्तारूढ नेकपामा केही समययता कुर्सीको व्यवस्थापनमा लफडा देखिएको थियो। तत्कालीन एमाले र माओवादी एकतापछि दुवै अध्यक्षले धुम्बाराही र पेरिसडाँडा पुगेर एउटै टेबलमा दुई कुर्सी राखेर बसेका थिए। पार्टी एकता लगत्तै अध्यक्षद्वय ओली र प्रचण्ड हरेक कार्यक्रममा सँगै पुग्थे। उनीहरूको कुर्सी एउटै लाइनमा राखिएको थियो।
तर जब ओली र प्रचण्डबीच विवाद भयो बालुवाटारका सचिवालय बैठकमा ओलीले एक्लै बीचमा बस्न थाले।
प्रधानमन्त्री निवासको बैठक कक्षमा मात्र हैन हलको व्यवस्थापन गर्दा समेत ओलीलाई बीचमा राखियो। उनको टेबुललाई रातो कपडाले छोपियो। जबकी अन्य नेताहरूको टेबल सेतो कपडाले छेकियो। पार्टी एकता गर्दा दुई अध्यक्ष भए पनि एकल अध्यक्षको झल्को दिने गरी ओलीको सिट व्यवस्थापनलाई प्रचण्डले चित्त बुझाएनन्। उनले नेकपाको सचिवालय बैठकमै सिट व्यवस्थापनको आलोचना गरे।
प्रचण्डको आलोचनापछि नेकपाको सिट व्यवस्थापन परिवर्तन भयो।
दुई अध्यक्षको कुर्सी अगाडि र अन्य नेताहरूको पछाडि राखियो। लगत्तै नेकपाको स्थायी समिति बैठकमा नेकपाका सचिवलाय सदस्यहरूको सिट बालुवाटारको हलको मञ्चमा राखियो। जसमा ओली र प्रचण्डको कुर्सी समान हैसियतमा मिलाइयो। तर नेता माधवकुमार नेपाल र झलनाथ खनालको कुर्सी अलिक पछाडि राखियो। जसमा नेता नेपालले असन्तुष्टि  जनाए। र आफैं कुर्सी अगाडि सारे।
उक्त बैठकमा नेकपाका स्थायी समिति सदस्य भीम रावलले कम्युनिष्ट पार्टीका नेताहरू मञ्चमा बसेकोमा आपत्ति जनाए। त्यसपछि पुन: नेताहरूको कुर्सी तल सारियो। यसबीच सत्तारूढ नेकपामा ओली र प्रचण्डबीच विवाद बढ्यो। प्रधानमन्त्री ओलीसहित उनी निकट स्थायी समिति सदस्यहरू बैठकमै अनुपस्थित भए। नेकपाको विवादले पार्टी फुट्ने ठाउँसम्म पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्