banner

ताजा समाचार

नेपालमा पहिलो पटक कोरोना संक्रमित स्वास्थ्यकर्मीको मृत्यु

काठमाडौं, १५ भदौ । नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिसवा–४ का ३७ वर्षीय हेल्थ असिस्टेन्टको उपचारका लागि काठमाडौं ल्याउने क्रममा भदौ १० गते बाटैमा मृत्यु भएको हो ।
मृत्यु भइसकेपछि उनलाई ललितपुरस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पतालले कोरोना परीक्षणका लागि उनको स्वाब एक नीजि क्लिनिकमा पठाएकोमा कोरोना पोजेटिभ देखिएको बयोधा अस्पतालले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार मृतक स्वास्थ्यकर्मीको श्रीमतीलाई पनि कोरोना संक्रमण देखिएको छ। श्रीमतीको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।
मृतक स्वास्थ्यकर्मीको त्यही दिन नै अन्त्येष्टि गरिएको थियो । अस्पतालमा मृतक स्वास्थ्यकर्मीको स्वाब संकलन गरेपछि सोही दिन शव महोत्तरी पठाइएको थियो ।
प्रदेश २ क्षेत्रीय स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी वीरेन्द्रकुमार झाले संक्रमित स्वास्थ्यकर्मीेको मृत्यु भएको पुष्टि गरे। ‘उहाँ एक निजी स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्टको रुपमा प्राक्टिस गर्नुहुन्थ्यो र औषधि व्यवसाय पनि गर्नु हुन्थ्यो,’ उनले भने, ‘उहाँमा स्वास्थ्य समस्या भएपछि उपचारका लागि काठमाडौं लगिएको थियो ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्