banner

ताजा समाचार

नेपाली काँग्रेसले नेकपा विभाजनको प्रष्टतापछि मात्र घटनाक्रमबारे निर्णय लिने

1 142 total views, 1 1 views today

यन यस मिडिया

फागुन १३ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा विभाजनको प्रष्टतापछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जानकारी दिए । महतले भने, ‘संसद्को बैठक बसोस् । अनि परिस्थिति कसरी अगाडि बढ्छ, जसरी परिस्थिति अगाडि बढ्छ त्यसलाई मध्यनजर गरेर नेपाली काँग्रेसले निर्णय लिन्छ ।’

अहिले सरकारमा जाने वा नेकपाका कुन पक्षलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलको निष्कर्ष रहेको महतको भनाइ छ । ‘अहिले यो गर्छु, त्यो गर्छु, यसलाई समर्थन गर्छु वा उसलाई समर्थन गर्छु भन्ने अवस्था अहिलेको अवस्था होइन । यो नै हाम्रो समग्र सर्वसम्मत छलफलको निष्कर्ष हो,’ उनले भने ।

बैठकमा सभापति देउवाले नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको बताएका थिए । नेता अर्जुननरसिंह केसीले भने, ‘बैठकमा आफ्नो दृष्टिकोण भन्दा पनि दुवै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ । यो अवस्थामा हामीले लिने दृष्टिकोण के हुन्छ ? भन्ने धारणा राख्नु भयो ।’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्