banner

ताजा समाचार

नेपाल पर्यटन बोर्डका सिइओ रेग्मी विवादमा, टानद्धारा घोर भत्र्सना गर्दै प्रेस विज्ञप्ति

काठमाडौं, १४ भदौ । यही भदौ १२ गते शुक्रबार बेलुका बीबीसी नेपाली सेवामा रमा पराजुलीले चलाएको बहस कार्यक्रममा बोलेका केहि अभिव्यक्तिले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी विवादमा तानिएका छन् ।

अधिकृत रेग्मीले पर्वतीय पर्यटन र यससँग आबद्ध हजारौं पदयात्रा तथा हिमाल आरोहणसम्बन्धी व्यवसायी एवम् मजदुरप्रति लक्षित गर्दै अपशब्द प्रयोग गरेको, तल्लो स्तरको भाषा प्रयोग भएको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसियन अफ नेपाल (टान)ले आज आइतबार विज्ञप्ति जारी गरेको छ ।

कोभिड–१९ को संक्रमणबाट तहसनहस भएको पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी राहात तथा पुनरुत्थानका कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन पर्ने जिम्मेवार निकायका पदाधिकारीबाट व्यक्त यस भनाइप्रति टान पूर्णरुपले घोर भत्र्सना गर्दै सार्वजनिक रुपमा माफी मागी गल्ती सच्याई अघि बढ्न आग्रह गरिएको छ ।

‘पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी र पर्यटन मजदुरलाई अविश्वासनीय तरिकाले हेर्ने, एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने तथा होच्याउने जस्ता भाषा, प्रस्तुति र शैलीसहित शब्द र भनाइहरु नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत जस्तो जिम्मेवार पदमा रहनुभएका पदाधिकारीबाट व्यक्त भएकोमा टानको गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँछौं’– विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीद्वारा व्यक्त भनाई तथा विचारहरुलाई यस संस्था पूर्ण रुपमा घोर भत्र्सना गर्दै खारेज गर्दछ ।’

यसैबीच पर्बतिय पर्यटनलाई दिगो, सम्मानित र व्यवस्थित बनाउनको लागि रचनात्मक बहस र सकारात्मक भुमिका खेल्दै आएको दिगो पर्बतिय पर्यटन संजाल– नेपालका अंबर बमजन तामाङले उक्त भनाइको बिरोध गर्दै कम्पनी, गाइड, भरियाको लागि केहिपनि फाइदा नहुने FIT TIMS कार्ड बेच्ने पर्यटन बोर्डले जिम्मेवारी अरुमाथी थोपरेर आफू पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन। सिइओ डा. रेग्मीको उक्त भनाइको सामाजिक संजालमा पनि तीब्र विरोध भएको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्