banner

समाचार

नेपाल सरकारद्धारा गुम्बा समितिमा कानुन विपरित अयोग्य व्यक्तिको नियुक्ती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको रिक्त पदमा कानुन विपरित अयोग्य व्यक्ति फूफू छेम्बे शेर्पालाई नियुक्ती गरेको छ ।
गुम्बा व्यवस्था तथा विकास समितिको गठन आदेशमा स्पष्ट रुपमा खेन्पो हासिल गरेको व्यक्ति मात्र उक्त पदमा नियुक्त गर्न पाउने व्यवस्था गरेको छ ।
तर, हालै नवनियुक्त अध्यक्ष फूफू छेम्बे शेर्पा कपन गुम्बाको कुनै अध्यायन नगरेको र सामान्य सवारी चालक हुँदै घर निर्माण कार्य गर्नेदेखि त्यहाँको भिक्षुहरुको खाना पानी, औषधी किनमेलको काम लगायत गुम्बाको विभिन्न भेलामा सामेल हुने एउटा साधारण लामा भएको सम्पूर्ण बुद्धिष्ट जगतमा सर्ववितित नै छ ।
गुम्बा विकास समितिको अध्यक्षको पदमा गठन आदेश अनुसार खेन्पो नै हुनुपर्छ भनि चर्चा परिचर्चा गरिरहँदा खेन्पो भनेको अर्थ संक्षिप्त रुपमा कोट्याउनु पर्ने आवश्यकता हुन्छ ।
सरल भाषामा विद्यावारिधि(पि.एच.डी प्राप्त व्यक्ति) लाई खेन्पो जनाउछ । यो विद्यावारिधि प्राप्त गर्नको लागि पहिले नेपालमा यसको कुनै आधिकारिक अध्यायन केन्द्र थिएन । अहिले नेपालमा दुई चार वटा गुम्बामा अध्यायन गर्न पाउने अध्यायन केन्द्र सुरुवात गरेको छ ।
खेन्पो अध्यायन गर्ने मुख्य केन्द्र भारतको सिक्किम, हिमाञ्चल प्रदेश, उत्तराखण्डको देहराधुन, दक्षिण भारत करनाटक, चीनको राजधानी बेईजिङ र चीन कै प्रान्त तिब्बतमा बाहेक अर्को मुलुकमा छैन ।
खेन्पो अध्यायनको सुरुवात नेपालको माध्यमिक तह सरह जस्तै कम्तिमा पनि आठ देखि दश वर्ष बुद्धिष्ट परम्पराले लेख्ने, पढ्ने, पुजापाठ र बाजागाजा बजाउने विशेष गरेर महायना र बज्रयना उपदेश परम्परा अनुसार थुप्रै कुराको अध्यायन गर्नुपर्ने हुन्छ ।
जसमा बुद्धिजमको धेरै कुराको अध्यायन अनुसन्धान हाँसिल गरेर मात्रै बल्ल खेन्पो अध्यायनको नौ देखि बाह्र वर्षको निरन्तर लामो समयको अध्यायनको सुरुवात हुन्छ ।
त्यसमा पनि नेपालमा घरमा बसेर अध्यायन गरेर परीक्षा दिएको जस्तो अवस्था हुँदैन । जुन अध्यायन केन्द्रमा अध्यायनरत व्यक्ति खेन्पो उपाधि हाँसिल नगरे सम्म निरन्तर कम्तिमा ९ वर्ष गौतम बुद्धले दिनुभएको सम्पूर्ण उपदेशहरुको अध्यायन अनुसन्धान हुन्छ ।
जस्तै विनायक, अविदरमा, माध्यमिग, प्राज्ञपरामित, प्रामणभतिका त्यसपछि बज्रयनाको क्रियातन्त्र, योगतन्त्र, उपतन्त्र, महायोग, अनुयोग, अतियोग, गुयागर्भ लगायतका विशाल ९ वर्ष अध्यायन गरी थप फेरि त्यसमाथि ३ वर्ष अनुसन्धान गरि अर्को ३ वर्ष त्यही अध्यायन केन्द्रमा उल्लेखित उपदेशहरुको प्रवचन दिई कम्तिमा १५ वर्ष लामो अध्यायन अनुसन्धान पछि मात्र हजारौ लामा पण्डितहरुको बीचमा सार्वजनिक रुपमा महापण्डितको (टोपी) लगाई खेन्पो घोषित गरिन्छ ।
यो कार्यक्रम सामान्य रुपमा हुँदैन । संसारभरको बुद्धिष्ट जगतले खेन्पो भयो कि भएन भनेर सबैलाई थाहा हुने कुरा हो । यो खेन्पोको उपाधि हाँसिल गरिसकेपछि अन्तर्राष्ट्रिय रुपमा बुद्धिष्ट जगतभित्र स्थापित विद्यवान गुरुको रुपमा चिनिन्छ । कुनैपनि व्यक्ति अध्यायन अनुसन्धान बिना खेन्पो भन्ने कुरा लुकीछिपि समाजमा स्थापित हुने कुरा असम्भव हो ।
त्यसै कारणले बुद्धको जन्म भएको देश नेपालको सबैभन्दा पुरानो संस्था गुम्बा विकास समितिको अध्यक्ष पनि त्यस्तो आधिकारिक अध्यायन प्राप्त खेन्पो हुनुपर्छ भन्ने कुरा गठन आदेशमा उल्लेखित गरेको कुरा सामान्य होईन ।
नेपाल सरकारद्धारा एउटा मात्रै आधिकारिक संस्थाको प्रमुख जुनसुकै अन्तर्राष्ट्रिय क्षेत्रमा जाँदा सिङगो नेपालको प्रतिनिधि गर्न सकोस भन्ने उद्देश्यले विगतको विद्यवान र योग्य पूर्व अध्यक्षहरुले लामो समयको छलफलपछि गठन आदेशमा खेन्पो नै अध्यक्ष हुनुपर्छ भन्ने प्रावधान राखेको बुझिन्छ ।
प्रावधानलाई उल्लघंन गरेर विभिन्न प्रलोभन र फोहोरी खेलमा फसेर गैर अध्यायन व्यक्तिलाई यस्तो पद सुम्पिनु भनेको सिङगो देश र जनताको बीचमा अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर झुकाउने काम हो । वर्तमान पर्यटन मन्त्रीको नियत माथि नै ठुलो शंका र प्रश्नचिन्ह खडा भएको छ ।
विशेष गरेर महायना बुद्धिजममा निङमा, कागयुप, सक्या, गेलुगपा गरि चार वटा सम्प्रदाय हुन्छन् । यसभित्र निङमा, कागचुप, सक्याहरुको १२ देखि १५ वर्षको अध्यायन अनुसन्धान पश्चात प्रथम भएर अध्यायन गर्ने विद्यार्थीहरुलाई मात्र सार्वजनिक रुपमा खेन्पो हाँसिल गरेको आधिकारिक घोषित गरिन्छ ।
नवनियुक्त अध्यक्ष शेर्पाको (गेलुगपा) सम्प्रदायमा खेन्पो भन्ने नामकरण नै हुँदैन । उहाँहरुले अध्यायन गरेपछि (गेशे) भनिन्छ । त्यो पनि कम्तिमा २० वर्ष लामो समय अध्यायन अनुसन्धान पछि मात्र सार्वजनिक रुपमा आधिकारिक प्रमाणपत्र प्राप्त गरेको (गेशे) घोषित गरिन्छ ।
(गेशे)को पद हाँसिल गरिसकेपछि अन्तर्राष्ट्रिय रुपमा सिंगो बुद्धिष्ट जगतले त्यसको जानकारी पाउँदछ, र त्यो व्यक्ति महापण्डितको रुपमा स्थापित हुन्छ ।
पर्यटन मन्त्रालयद्धारा अध्यक्ष नियुक्ती गर्ने क्रममा मन्त्रालयको लेटरहेडको नियुक्ती पत्रमा (गेशे, खेन्पो) भनेर उल्लेख गरिएको छ । बुद्ध जन्मभूमि जस्तो मुलुकको पर्यटन मन्त्रालयको माननीय मन्त्री र सचिवहरुले गरेको यो निर्णयलाई हेर्दा आफ्नो ईच्छा र स्वार्थ पुरा भएपछि गलत काम गर्न पनि तयार हुँदोरहेछ भन्ने कुरा प्रमाणित भएको छ ।
यदि पर्यटन मन्त्रालयको नियुक्ती पत्र अनुसार उहाँ फूफू शेर्पा (गेशे र खेन्पो) अध्यायन गरेको व्यक्ति हो भने कम्तिमा पनि अधिकारिक अध्यायन केन्द्रमा ३५ देखि ४० वर्ष अध्यायन गरेको हुनुपर्दछ । १५ वर्ष कुनै निङमा काग्यु सक्यको अध्यायन केन्द्रमा अध्यायन अनुसन्धान गरेको र कम्तिमा पनि उहाँहरुको गेलुग सम्प्रदायको आधिकारिक अध्यायन अनुसन्धान केन्द्रमा कम्तिमा २० वर्ष अध्यायन अनुसन्धान गरेर सार्वजनिक रुपमा उहाँसँग (गेशे र खेन्बो) प्राप्त गरेको आधिकारिक प्रमाणपत्र हुनुपर्छ ।
यतिखेर उब्जिएको प्रश्न के हो भने मन्त्रीज्युलाई, ईच्छा र अनुकुल पुरा भएपछि र तपाईको जिल्लाको जुनसुकै लामा भएपनि कानुन, परम्परा र सिङगो बुद्धिष्ट जगतलाई जे गरेर देखाई दिएपनि हुन्छ भन्ने अहङकार तपाईमा भए कै हो ?
तपाई पर्यटन मन्त्री हुँदै भविष्यमा प्रधानमन्त्री सम्म हुने ठुलो उद्देश्य भएको व्यक्ति यस्तो पृष्ठभूमि माथि टेकेर जाने हो ?
तपाई बाहेक बोल्न सक्ने, बुझ्न सक्ने र कानुन जान्ने कोही छैन, यो मुलुकमा ?
तपाई ७÷८ महिना एउटा पर्यटनमन्त्री हुँदा त यस्तो अहंकार र यस्तो कानुन विपरित निर्णय गर्छ भने अहिलेको जस्तो दुईतिहाई बहुमतको प्रधानमन्त्री भए मान्छेलाई पनि पशु बनाउन बेर नलाग्ने रहेछ १ हुन त तपाईको विभिन्न अभिव्यक्तिहरुबाट तपाईमा कति अहंकार घमण्ड रहेछ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।
तर, यो मुलुकमा तपाई जस्तो त्याग तपस्या बलिदान गरको सयौं हजारौं राजनितिक कार्यकर्ता छन् भने त्यतिकै विद्यवान राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिरपरिचित व्यक्तिहरुको अनगिन्ती छन् । माननीयमन्त्री ज्यूले यी कुराहरुको हेक्का राख्नुपर्दैन ?
यो भन्दा महत्वपुर्ण कुरा तपाई वर्तमान पर्यटनमन्त्री हो, पर्यटन मन्त्रालयमा चाहिने विज्ञ मन्त्री तपाई हैन । यो मुलुकको जाति, भाषा, धर्म, संस्कृति परम्परा विशेष गरेर हिन्दुको महान ४ वेद बुद्धिष्टको हिनयना, महायना, बज्रयना यी कुराहरु बुझ्नलाई तपाईको यो जीवनमा सम्भव छैन ।
तपाई ब्रहमण आमाको कोखबाट जन्मेता पनि महान हिन्दु धर्मको सामान्य पुजाआज पनि तपाईलाई थाहा छ, जस्तो लाग्दैन ।
त्यसैले तपाई पर्यटन मन्त्री हुने वितिकै आफ्नो ईच्छा, स्वार्थ र अनुकुल प्राप्त हुनसाथ मैले जे गरेपनि हुन्छ र जे गर्न पनि पाउछु म संग अधिकार छ भन्ने हिसाबले अगाडी बढ्नुहुन्छ भने यो मुलुकको भविष्य ईतिहासमा तपाई जस्तो कलंकारी पर्यटन मन्त्री कोही पनि हुनेछैन ।
त्यसै कारणले हामी सिंगो देशवासी र मुलुक प्रति सम्मान गर्दै त्यस माथि पनि हजारौं वर्षदेखि गहिरो ईतिहास बोकेको यो मुलुकको परम्परा, धर्म, संस्कृति र महान हिन्दु धर्म र बुद्ध जन्मेको मुलुकमा हामी खबरदरीको आवाज उठाउन चाहान्छौं । तपाईका यस्तो गलत क्रियाकलापको निरन्तर विरोध गर्नेछौं र सन्देशहरु जनस्तर हुँदै अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन हामी प्रतिज्ञा गर्दछौं ।
मन्त्रीज्यूलाई भन्न चाहान्छौं तपाई एउटा राजनितिक कार्यकर्ता होला, र तत्कालिन माननीय रविन्द्र अधिकारीको निधनपछि तपाईले पार्टीभित्र विभिन्न क्रियाकलाप र सम्माननीय प्रधानमन्त्रीज्युसँग वार्गेनिङ गर्दै यो मन्त्री पदमा पुगेको सम्पुर्ण नेपाली जनतालाई थाहा छदैछ ।
साथै हाम्रो पनि शुभकामना छ । तर, पार्टीको लाखौं कार्यकर्तालाई बाईपास गरि विज्ञ र अनुभवि विद्यवानहरुसँग कुनै छलफल विना कम्युनिष्ट पार्टी र कम्युनिष्ट सिद्धान्तलाई हृदयबाटै घृणा गर्ने अहिलेसम्मको ईतिहासमा पार्टीमा एक दिनपनि योगदान नदिएको व्यक्तिलाई यसरी रातारात आफ्नो स्वार्थ अनुसार नियुक्ती गरेकोमा धेरैै विधवान लामा, खेन्बोहरु र विशेष गरेर पार्टीलाई योगदान दिएको सिंगो कार्यकर्ता तपाईप्रति असन्तुष्टि र दुःख व्यक्त गरेको दिनप्रतिदिन विरोधका कुराहरु आईरहेको छन् ।
हामीपनि यो कुरालाई वास्तविक के हो भन्ने कुरामा लागि रहने छौं र यसको पर्दाफास गर्ने छौं । अगामी दिनमा यससँग सम्लग्न व्यक्तिहरुको पृष्टभूमि छिमेकी मुलुकलाई लक्षित गरि बनाएको यस्तो योजनाहरु हामी बाहिर ल्याउने नै छौं ।
साथै गुम्बा विकास समितिको अध्यक्षको दाबीदार खेन्बोहरुको विचारहरु पनि जनताको बिचमा ल्याउने छौं । र सिंगो मन्त्रालयको कर्मचारी मन्त्रीपरिषद्ले यस विषयमा राम्रोसँग अनुसन्धान गरि बुझ्नुपर्ने जरुरी छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्