banner

ताजा समाचार

पत्रकार मानछिरिङ तामाङद्धारा निर्देशित ‘ज्युगोदेवा’ वृत्तचित्रलाई सर्वउत्कृष्ट अवार्ड

काठमाडौं । पत्रकार मानछिरिङ तामाङद्धारा निर्देशित ‘ज्युगोदेवा’ भेडिगोठालो अर्थात (अ डे इन द लाईफ अफ हिमालय शेफर्ड) वृत्तचित्रले हालै सम्पन्न अमेरिकाको न्युजर्सीमा भएको नेवार्क शर्ट फिल्म फेस्टिबलमा सर्वउत्कृष्ट वृत्तचित्र पुरस्कार जित्न सफल भएको छ ।

धादिङ जिल्लाको रुबिभ्यालीमा अवस्थित भेडिगोठालोको कथामा निर्माण गरिएको उक्त वृत्तचित्रले विगतमा पनि थुप्रै अवार्डहरु जितिसकेको छ ।
यसले टोरन्टोमा सर्वउत्कृष्ट फिल्म, र सर्वउत्कृष्ट संगीत पुरस्कार, कालोनी अन्तर्राष्ट्रिय लघु फिल्म फेस्टिवलमा सर्वउत्कृष्ट वृत्तचित्रको लागि पहिलो रनरअप अवार्ड पनि जितेका थियो ।
वृत्तचित्रमा विशेषगरी सयौं वर्ष अगाडीदेखि भेडीगोठ पेशालाई अंगाल्दै बाजेबुबाहरुको पेशालाई निरन्तरता दिदै भेडीगोठ गर्दै आईरहेका ४५ वर्षिय खरिमान तामाङको दैनिकी क्रियाकलाप प्रस्तुत गरिएको छ ।
२० मिनेटको उक्त फिल्ममा कठिन भूगोल र मौसम चुनौतिहरूको बाबजुद पनि, खरिमान आफ्नो भेडाहरूको हेरचाह गर्छन् । जतिसुकै गाह्रो भए पनि उनीहरू आफ्नो पेशामा गर्व गर्छन् । उनी भेडा पालेर आफ्नी पत्नी, दुई छोरी र एक छोरा सहितको परिवारलाई सहयोग गर्दैछन ।

निर्देशक तामाङका अनुसार,– ‘बढ्दो आधुनिकीकरणको साथ यो व्यवसाय असुरक्षित हुँदै गइरहेको छ । भेडिगोठ पालनपेशा लोभ हुदै आईरहेको छ । यसको बचाउको लागि वृत्तचित्रको माध्यमबाट नेपाली तामाङ समुदायको संस्कृति र परम्पराको सौन्दर्य संसारसामु देखाउन र यसको संरक्षणको निम्ति वृत्तचित्र निर्माण गरिएको उनी बताउँछन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्