banner

ताजा समाचार

पहिलो चरणमा कून कून प्रदेशको मध्यावधि चूनाव हूदैछ हेरौँ

kp oli

1 230 total views, 1 1 views today

यनयस मिडिया
माघ ९ काठ्माडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने जानकारी दिएका छन् । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुराको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँदलिरहित ढंगले सम्पन्न हुने समेत बताए ।



उनले भने, ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई चरणमा हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए ।



उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।’ उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह समेत गरे । अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ समेत ध्यानाकर्षण गराउँदै घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए ।
  ⇓ अधिक जानकारीका लागि सेएर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्