खडक विश्वकर्मा,

मंशिर  १०  कालिकोट, जिल्लाको सान्नी त्रिबेणी गाँउपालिका अध्यक्ष डम्वर बहादुर शाहीले नेपालको परिकल्पना पार्टि भित्रको एकता र बिवादले देशले गम्भीर मोड लिन सक्ने भन्दै आपति जनाउनु भएको छ, बिगत लामो समय सशस्त्र दन्दको चपेटामा हजारौ दुख र कस्टहरु पार गरि न्यायका लागि जिबनको बाजि र रगतको सौदा गरेर देशको मुहार परिवर्तन गरेको इतिहास सेलाएको छैन, पुरानो तानासाहा सैलिमा शासन गर्ने र व्यवस्था चलाउने एकतन्त्रिय सोचले देश भयानक अबस्था मा पुग्ने बताउनु भयो को हो ।

अध्यक्ष शाहीले भन्नु भयो, एउटा पाइलटले हजारौ यात्रु सहित बिमान अबतरण गर्छ र यात्रुहरु जहाजलाइ भन्दा पाइलट प्रतिको बिस्वासले यात्रा गरिरहेका हुन्छन, तेस्तै देश चलाउने चालकले तिन करोड नेपालिको भबिस्यमाथि खेलवाड हैन एकता र सहकार्यले मात्रै गन्तव्यमा पुग्न सकिने हुनाले जनताले बिश्वास गरेका लिडर को  बैमानिता र घमण्डले राष्टिय अखण्डता टुक्रिनुका साथै बैदेशिक हस्तक्षेप र गुलाम चार हुनेमा दुइमत नभएको र यदि समयमै सम्यमता नअपनाय आजसम्मको सबै उपलब्धि गुक्ने र तेसको लागि नेतृत्वनै मुख्य जिम्मेवार हुनुपर्ने बताउनु भएको हो।

राज्यको प्रमुख निकायवाट नै देखावटि र सुरिला शब्दले मात्रै नेपालिलाइ एउटै फुलको मालामा सजाउने तर व्यबहारले पार्टि भित्रका जिम्मेवार ब्याक्तित्व लाईनै तिरस्कार गर्दै आफ्नो एकलौटि निर्णय गर्नु सरकार र सरकारि उच्च निकायको ठुलो गल्ति र गैरजिम्मेवार काम भएको अध्यक्ष शाहिले बताउनु भएकको हो,जिद्दीपुर्ण स्वाभाव र मनोमानि अडानले देशमा शान्ति र जनतालाइ सुखको प्रत्याभुति दिलाउन नसकिने उहाको भनाइ रहेको छ ।