banner

ताजा समाचार

पानी घटाएको मौका पारेर माटो निकाल्दै फेवातालको गहिराई बढाइने

fewatal

1 89 total views, 1 1 views today

यन यस मिडिया

फागुन १६ काठमाडौँ -पानी घटाएको मौका पारेर माटो निकाल्दै फेवातालको गहिराई बढाइने भएको छ । अहिले तालको बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाइएको छ । पानी घटेको यही मौकामा सोमबारदेखि फेवातालको गहिराई बढाउने गरि माटो निकाल्ने तयारी भएको हो ।

बाँध मर्मतसम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिक स्तरबाट फेवाको गहिराई बढाउनुपर्ने आवाज उठेको थियो ।

त्यससँगै संघसंस्थाले पनि माटो निकाल्न दवाब बढाएपछि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समिति, सिंचाई डिभिजन कार्यालय लगायतका सरोकारवालाको बैठकले तालमा थुप्रिएको माटो निकाल्ने निर्णय गरेको हो ।

अब फेवातालमा संकलन भएको माटो, ढुंगा, गिट्टी, बालुवा बाहिर निकालिने फेवातालमा थुप्र्रिएको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए ।

तालमा संकलित ढुंगा, माटो आइतबारबाटै निकाल्न शुरु गर्ने भनिएपनि तयारी नपुगेपछि सोमबारदेखि सुरु हुने उनले बताए ।

फेवातालबाट १५ हजार घन मिटर माटो निकाल्ने तयारी गरिएको छ । फेवातालको सिरान क्षेत्र मानिने फिर्केखोला, हर्पनखोला, खहरेखोला लगायतका क्षेत्रबाट फेवामा मिसिने क्षेत्रबाट माटो निकालिने संयोजक श्रेष्ठले बताए ।

फेवातालको माटो ६–७ मिटर निकाल्ने तयारी गरिएको उनको भनाई छ । ‘अहिले माटो थुप्रिएको ठाउँमा केहि वर्ष अघिसम्म ६–७ मिटर गहिराई थियो,’ उनले भने, ‘अहिले त्यो पुरिएर ताल नै दुईवटा बनेजस्तो देखिएको छ ।

त्यसैले पहिलेकै अवस्थामा फर्काउने गरी माटो निकाल्ने तयारीमा छौं ।’श्रेष्ठका अनुसार माटो निकाल्न झन्डै डेढकरोड रुपैयाँ आवश्यक पर्छ ।

एक्साभेटरको प्रयोग गर्दा करिब २५ लाख रुपैयाँमै काम हुने भएपनि गह्रौ उपकरण गर्न नमिल्ने भएपछि मान्छे लगाएर माटो निकाल्दा झण्डै १ करोड ३३ लाख खर्च लाग्ने अनुमान रहेको उनको भनाई छ ।

फेवाताल संवेदनशील क्षेत्र भएकाले सबै ठाउँमा एक्साभेटर प्रयोग गर्न नमिल्ने भएकाले मान्छेको प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खर्च बढ्ने उनको भनाई छ ।

 

                                    ⇓ सेयर गर्नुहोस ⇓

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्