banner

ताजा समाचार

पुनःस्थापित प्रतिनिधि सभाको बैठकका लागि तयार गरिएको सम्भावित कार्यसूची संशोधन सुरु।

1 82 total views, 1 1 views today

फागुन २३ काठमाडौं – पुनःस्थापित प्रतिनिधि सभाको आईतबार बस्ने पहिलो बैठकका लागि तयार गरिएको सम्भावित कार्यसूची संशोधन भएको छ ।

सम्भावित सबै कार्यसूची हटाएर राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र शोक प्रस्ताव मात्र पारित गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवादले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेपछि सम्भावित कार्यसूची सभामुख अग्नि सापकोटाको निर्देशनमा हटाइएको छ ।

आईतवारको बैठक शुरू हुनासाथ राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने र यसबीचमा निधन भएका १४ जना पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक टुंगिने जानकारी संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दिएका छन् ।

बैठक सुरु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर सभा सञ्चालनबारे सहमति गर्ने र कार्यसूचीलाई अन्तिम रूप दिने चलन रहेको छ । तर नेकपा विभाजित भए पनि कानूनी रूपमा विवादको टुंगो नलागेकाले संसद सचिवालयलाई समेत बैठक व्यवस्थापन गर्न अप्ठ्यारो भएको छ ।

संसद पुनःस्थापनापछि आज आईतबार पहिलो पटक संसदको बैठक बस्दैछ ।  बैठक आज आईतबार दिउँसो ४ बजे बस्ने कार्यक्रम रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्