banner

कृषि

पुन उखुको भुक्तानि का लागि आन्दोलन को तयारी मा कृषक

1 356 total views, 1 1 views today

२७ मंसिर, काठमाडौं, चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन्उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आफूहरु काठमाडौं आएको किसान हरिश्याम यादवले बताए ,आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ ।उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार केही काठमाडौं आलिएसकेका छन् भने अरु आउँदैछन् । यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागीता जनाउँछन्, मिश्रले भने, 

 

 

 

चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका किसानहरु सरकारले समेत झुलाएको गुनासो गर्छन् । गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो ।तर एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् । सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । 

श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ,इन्दिरा र अन्नपूर्ण तथा श्रीराम सुगर मिलले किसनको बक्यौता तिर्न जग्गा बिक्रीको प्रस्ताव राखेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले बताइन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्