banner

अन्तर्राष्ट्रिय

पूर्वी लद्दाखमा फेरि भारत र चिनियाँ सेनाबीच झडप

काठमाडौं, १५ भदौ । भारतीय सेना र चिनियाँ सेनाबीच फेरि लद्दाखमा झडप भएको छ । भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको हो ।
चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको भारतको आरोप छ । चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको बताइएको छ ।
चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसीहिन्दीले जनाएको छ ।
साथै यस झडपमा भएको हताहतीको विषयमा पनि कुनै जानकारी दिइएको छैन । गत जुन १५ मा पनि भारतीय र चिनियाँ सेनाबीच झडप भएको थियो । साढे २ महिनापछि पुनः दुई देशका सेनाबीच सीमाको विषयमा झडप भएको थियो ।
गत जुनमा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चीन पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा जानकारी दिएको थिएन । भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच भएको हालको झडपको विषयमा जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्