banner

ताजा समाचार

प्रचण्डको यात्रा : चौंथो महाधिवेशनदेखि नेकपाको शक्तिशाली अध्यक्षसम्म

काठमाडौं । पुष्पकमल दहाल ‘प्रचण्ड’ नेपाल कम्युनिष्ट पार्टीको शक्तिशाली अध्यक्ष बनेका छन् । शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको हो ।
पारित प्रस्तावमा भनिएको छ,– ‘अध्यक्ष कमरेड प्रचण्डले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरुको सञ्चालन, निर्णयहरुको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने ।’
कम्युनिष्ट पार्टीले नेपालमा समाजवाद स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने कुरामा निरन्तर सक्रिय र नेपाली राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेल्दै आएका प्रचण्ड नेकपाको शक्तिशाली कार्यकारी अध्यक्ष बनेका हुन् ।
२०२६ सालदेखि राजनीति सुरु गरेका प्रचण्डले अनेकौं आरोवअवरोह पार गदैं शक्तिशाली अध्यक्ष बनेका हुन् । पार्टीलाई विसर्जन तथा उग्रबामपन्थी भड्काउबाट मुक्त राख्दै नेपाली जनताको मुक्तिको चाहनाका लागि २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीले अघि सारेका सपना पुरा गर्न प्रचण्डले क्रान्तिकारी युद्ददेखि संसदीय मोर्चासम्म निर्णायक भूमिका खेल्दै आएका छन् ।
आफू मरेपछि मात्रै प्रचण्ड युग अन्त्य हुने बताउने प्रचण्ड पछिल्लो तीन दशकयता मियो पनि बन्दै आए । उनकै वरिपरि नेपालको राजनीति घुम्यो । २०५२ सालमा प्रचण्डले विसम र कठिन परिस्थितिका बाबजुत नेपाली समाजमा पहिलो पटक हतियारबद्ध सशस्त्र संघर्षको सुरवात गरे । त्यसबेला संघर्षलाई कतिपय बामपन्थी घटकहरुले निकै आलोचना गरे । यो धेरैदेखि टिक्दैन भने ।
तर, जनयुद्धको राप देशभरि फैलिदै गयो र त्यसले नेपाली जनतालाई राजतन्त्र फ्याक्नका लागि निर्णायक कडिका रुपमा प्रचण्डले नेतृत्व गरेको युद्ध देखा पर्यो । र, नेपालबाट राजतन्त्रको आवसान भएपछि पहिलो संविधानसभा र नयाँ संविधान जारी हुँदासम्म प्रचण्डले कतिपय बेला निकै अगाडि बढेर र कतिपय बेला निकै पछाडि हटेर, कतिबेला आफ्नै अडान छोडेर, कतिपय बेला आफ्नै दह्रो अडान राखेर नेपाली राजनीतिलाई ट्रयाकमा राख्न महत्वपूर्ण भूमिका निर्वाह गरे ।
यही उनको निरन्तरको प्रयास, कैंयौं असफलता, कैंयौं विद्रोहका बाबजुत पनि उनले परिवर्तनका लागि खेल्दै आएको निरन्तरको भूमिकापछि उनी शक्तिशाली पार्टीको शक्तिलाली अध्यक्ष बनेका छन् ।
उनका अगाडि उनकै शब्दमा बिग्रेका पार्टीलाई सुधार्ने र नेपाली समाजका समाजवाद स्थापना गर्ने ठूलो जिम्मेवारी आइपरेको छ । संम्भावनाहरुसँग खुल्न रुचाउने प्रचण्डले यि चुनौती पनि पार गर्लान भन्ने आशा राख्न सकिन्छ ।

छोटकरीमा प्रचण्डकोे जीवनी :

समृद्ध नेपाल तथा नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि निरन्तर सक्रिय र निर्णायक भूमिकामा रहँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डको जन्म वि.स. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । बुबा मुक्तिराम र आमा भवानीका जेठा छोरा प्रचण्डले प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा लिएका थिए ।
प्रचण्डको परिवार चितवन बसाई सरेपछि विक्रम संवत २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट उनले एस.एल.सी. उत्तीर्ण गरेका थिए । विद्यार्थी कालमा नै राजनीतिकरुपमा सक्रिय भएका प्रचण्डले २०२७ जेठ २९ मा पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पुरा गरे भने २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी उत्तीर्ण गरे । पछि उनले जनप्रशासनमा स्नातकोत्तरको पढाईं गरे ।
कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल चौथो महाधिवेशनको राजनीतिमा सक्रिय भएपछि भूमिगत भएका थिए । भूमिगत काल २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा उनको कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । चालिसको दशकमा माओवादी राजनैतिक समूहको प्रभावशाली नेताको रुपमा देखा परेसँगै प्रचण्ड नै वहाँको प्रचलित नाम रहेको छ ।
२०१९ सालमा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाईसराई भएका प्रचण्डको २०२६ साल वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरा छन् । प्रचण्ड नारायणी विद्या मन्दिर मा.वि. शिवनगर–२०२९ साल, डण्डा मा.वि. नवलपरासी र भीमोदय मा.वि. आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा सेवारत रहेका थिए ।
२०२८ सालमा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । २०३८ सालमा क्षेत्रीय व्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए, प्रचण्ड ।
वि.सं २०४१ मा नेकपा (मसाल)को पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री भए । यसैगरी, २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेश्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएके नेतृत्व गरे । २०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादी अध्यक्ष भए ।
वि.स. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०३६ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बने । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । साथै उनी उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १,२ र ३), सास्कृतिक, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य सरचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । २०७० मंसिरमा सम्पन्न दोश्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका थिए ।
संविधान सभाको दोश्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २९७३ साउन १९ गते व्यवस्थापिका संसदमा तीन सय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं.३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुईसय ७६ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यामा निर्वाचित भएका थिए ।
हाल उनी नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता पश्चात देशकै ठुलो पार्टीका शक्तिशाली अध्यक्ष रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्