banner

ताजा समाचार

प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झा ‘लाई २ नं प्रदेशमा तिरस्कार

Rajesh jha

1 117 total views, 1 2 views today

यन यस मिडिया 

फागुन ९ काठमाडौँ – प्रदेश २ का लागि प्रदेश प्रमुखमा नियुक्त भएका राजेश झा ‘अहिराज’लाई त्यहाँको सरकारले स्वागत नगर्ने भएको छ । दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र साहले प्रदेश प्रमुखलाई आफूहरुले स्वागत नगर्ने प्रतिक्रिया दिए ।


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारलाई कमजोर गर्न र बदनाम गराउने नियतले यस्ता गतिविधिहरु गरिरहेको उनले बताए ।

यस्तो कार्यलाई मधेसी जनताले स्वीकार नगर्ने उनको भनाइ छ । संघीयता अनुसार प्रदेश गठन भएसँगै सुरुमा रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि कायस्थलाई हटाएर तिलक परियारलाई नियुक्त गरिएको थियो ।


अहिले नेकपाभित्रको झगडाका कारण परियारलाई हटाएर प्रधानमन्त्री ओलीले आफू निकटका राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुखमा नियुक्त गरेका छन् ।


प्रदेश २ सरकारका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले प्रतिगमनका मतियारहरुको देशभर तिरस्कार हुँदै गर्दा प्रदेश २ सरकारले त्यस्ताको स्वागतका लागि रातो कार्पेट ओछ्याउँछ भनेर सपना नदेख्न आग्रह गरे । प्रदेश प्रमुख अहिराज आइतबार ४ बजे जनकपुर पुग्दैछन् । एयरपोर्टबाट सिधै उनी जानकी मन्दिर गएर पूजापाठ गर्नेछन् । त्यसपछि उनी मधेश भवन जाने तयारी छ ।

मधेश भवन (प्रदेश सरकारको मुख्यालय) मा उनी आउने बारेमा कुनै उत्साह र तयारी देखिँदैन ।

आइतबार मधेस भवन सुनसान देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रीको कार्यालयहरु पनि सुनसान देखिएका छन् । प्रदेश प्रमुखको कार्यालयले भने नयाँ प्रदेश प्रमुखको स्वागतका लागि तयारी थालेको छ । प्रदेश प्रमुखको निवास तथा कार्यालय सरसफाई गरिएको छ ।


यता, मुख्यमन्त्रीदेखि लिएर अन्य मन्त्री, राज्यमन्त्रीहरु आइतबार मधेस भवनमा छैनन् । विभिन्न कार्यक्रमको बहानामा अधिकांश मन्त्रीहरु जनकपुरबाट बाहिर निस्किएका छन् ।प्रदेश २ सरकारका प्रमुख न्यायधिवक्ता दीपेन्द्र झाले प्रदेश प्रमुख झालाई स्वागत गर्ने कि विरोध गर्ने भन्नेबारे आधिकारिक निर्णय नभएको बताए । उनले आफू पनि स्वागतका लागि जाने कि नजाने भन्ने बारेमा अहिलेसम्म कुनै तयारी नभएको बताए । यद्यपि सरकारको नीति अनुसार आफूले पनि व्यवहार गर्ने उनले जनाए ।

                                                                         ⇓ सेयर गर्नुहोस ⇓

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्