banner

ताजा समाचार

प्रधानमन्त्री संखुवासभा पुग्दा जुगा को रंग फेरियो

1 235 total views, 1 1 views today

२६ कात्तिक, संखुवासभा । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संखुवासभामा पुगेर आफ्ना सेतै फुलेका जुँगाको प्रशंग निकालेका छन् । उनले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने प्रष्ट सन्देश दिएका छन् ।

बुधबार संखुवासभा पुगेका प्रधानमन्त्री ओलीले आफूलाई जनताले प्रधानमन्त्री बनाएको हुनाले कसैले राजीनामा माग्दैमा नदिने बताए । आफू पार्टीको अध्यक्ष भएकाले अरुलाई पार्टीभित्रको समस्याबारे चिन्ता नलिनसमेत आग्रह गरे ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को अध्यक्ष रहेका प्रधानमन्त्री ओलीले भने, ‘यो पार्टी यत्तिकै बनेको होइन, ५० वर्ष अगाडि जुँगामा भर्खर रेखी बस्दैथ्यो, अहिले टन्न फुलेको देख्नुहुन्छ । त्यसबेलादेखि टुटेफुटेको पार्टी मिलाउँदै मिलाउँदै मिलाउँदै यहाँ पुर्‍याएको हो ।’

पार्टीभित्रको समस्यालाई मिलाएरै यहाँसम्म आएको बताउँदै उनले भने, ‘पार्टीभित्रका समस्याहरु… म अध्यक्ष छु, तपाईहरु किन चिन्ता गर्नुहुन्छ ?’सरकार परिवर्तनको हल्ला निराधार भएको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘बिहानै उठ्यो सरकार परिवर्तनका कुरा तपाईहरु रेडियोबाट सुन्नुहुन्छ । बिहानै उठ्यो पार्टीको नेतृत्व परिवर्तनका कुरा सुन्नुहुन्छ । अहिल्यै सरकार गयो, भरै सरकार गयो, प्रधानमन्त्री फाइल बोकेर राष्ट्रपतिका तिर कुद्दैथ्यो, राजीनामा दिन गयो…. यस्ता कुराहरु पनि सुन्नुहुन्छ ।’

आफू रहरले भन्दा पनि जनताको विश्वासले प्रधानमन्त्री बनेको उनले बताए । ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, म रहरले प्रधानमन्त्री भएको होइन’ प्रधानमन्त्रीले अगाडि भने, ‘जनताले आवश्यकता देखेर, देशको आवश्यकता बुझेर जनताको भोटबाट, जनताको मायाबाट म देशको प्रधानमन्त्री भएको हुँ ।’आफूसँग नजिकै आएर नभेटेकाले र कुरा नबुझेकाले मात्रै आफ्नो विरोध गर्ने गरेको प्रधानमन्त्रीको भनाइ थियो ।

किमाथाङ्का नाका, कोशी राजमार्ग र अरुण तेस्रो आयोजनाको निरीक्षण संखुवासभा पुगेका प्रधानमन्त्री ओलीले बुधबार चीनसँग जोडिएको किमाथांका नाकाको अनुगमन गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सांसद पर्शुराम मेघी गुरुङ, राजेन्द्र गौतमसहितका नेताहरुको उपस्थितिमा प्रधानमन्त्रीले त्यहाँ स्थापित बोर्डर आउट पोष्ट (बीओपी) को निर्माणाधीन भवन र सुख्खा बन्दरगाह निर्माणस्थलको अवलोकन गरे ।

स्थानीय नेकपा नेताको विशेष जोडमा त्यहाँ पुगेका प्रधानमन्त्रीले जिल्लाका विकास आयोजनाहरुबारे जानकारी लिएका थिए ।प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिकाको च्याम्ताङमा कोशी राजमार्गको निरीक्षण गरेका थिए । सेनाले ट्रयाक खोल्न लागेको यो राजमार्ग चीन-नेपाल-भारतको त्रिदेशीय राजमार्ग हो । किमाथाङ्का-बिराटनगर-जोगवनी हुँदै यो बाटोले तीन देशलाई जोड्ने लक्ष छ । प्रधानमन्त्री ओलीले यो बाटो निर्माणको प्रगतिबारे जानकारी लिएका थिए । साथै प्रधानमन्त्री ओलीले भारतीय लगानीमा बनिरहेको अरुण तेस्रो जलविद्युत आयोजको बाँधस्थलको पनि अवलोकन गरेका थिए ।

उनी बुधबारै काठमाडौं फर्किएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्