banner

खेलकुद

फुटबलका ११ खेलाडीसहित २५ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । फिफा विश्वकप छनोटका लागि बन्द प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका ११ खेलाडीसहित २५ जनामा कोरोना संक्रमण नभएको पाइएको छ ।

सोमबार पाटन अस्पतालमा ११ खेलाडी २ अफिसियल र अन्य स्टाफसहित २५ जनाको कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको थियो । ती सबै जनाको रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

सोमबार ११ खेलाडी, १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ कर्मचारी गरी २५ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

मंगलबार स्वाब स‌ंकलन गरिएका २४ खेलाडीहसति २९ जनाको भने रिपोर्ट भने आउन बाँकी छ ।

फिफा विश्वकप र एएफसी छनोट अन्तर्गत नेपाली फुटबल टिमले भदौ १ देखि प्रशिक्षण सुरु गरेको थियो । त्यसैका लागि एन्फाले खेलाडीहरुको कोरोना परीक्षण गराएको हो ।

तर एसियाली फुटबल महासंघ (एएफसी) ले अब अक्टोबर/नोभेम्बर महिनामा हुने हुने भनिएका छनोट खेलहरु २०२१ सम्मको लागि स्थगित भएको जनाएपछि नेपाली खेलाडीको प्रशिक्षण नहुने सम्भावना बढेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्