banner

ताजा समाचार

बहसकालागि लामो समय नलिन इजालसको आदेश

1 214 total views, 1 1 views today

यनयस मिडिया
माघ ५,काठ्माडौँ,प्रतिनिधिसभा विघटनविरुद्धमा भइरहेका बहस लामा भइरहेका छन् । प्रतिनिधिसभा विघटनका मुद्दाको नियमित सुरु हुन लागेको दोस्रो दिन बिहान साढे ११ बजेदेखि ३ बजेसम्म अधिवसकाक्ता दिनमणि पोखरेलले मात्रै बहस गरेका छन् । कानुन व्यवसायीहरूले बहस लामो गरेपछि इजलासले समयको ध्यान दिन सुझाएका छन् ।



बिहानदेखि बहसमा सहभागी भएका पोखरेलले ३ बज्न लाग्दा पनि सक्ने लक्षण नदेखाएपछि इजलासले छोटो पार्न सुझाव दिएका हुन् । इजलासबाट अनिलकुमार सिन्हाले भने, ुकति समय लिनुहुन्छ तपाईं रु अरुलाई पनि समय दिनुपर्ला ।ु


मुद्दामा सहभागी हुने कानुन व्यवसायीको संख्या र वर्तमान अवस्था हेरेर बहसमा समय व्यवस्थापन गर्न निवेदकका कानुन व्यवसायीहरूलाई न्यायाधीश सिन्हाले सुझाव दिए । ु३६३ वटा वकालतनामाहरू परेका छन् । यो सुनुवाइ गर्दागर्दै चुनावको तयारी सम्पन्न भई, झारखण्डको चुनाव जस्तो, यो संसद् विघटन गलत हो तर चुनावको तयारी भइसकेको हुनाले र पब्लिक मतका लागि जागिसकेको हुनाले कतै चुनावलाई रोक्नु नपर्ने भन्ने अवस्था पर्ला,ु उनले भने, ुयहाँहरूले समयलाई म्यानेज गर्नुस् ।


जवाफमा पोखरेलले अगाडि नै पनि आफूले थप ३० मिनेट बहस समय लिने स्मरण गराए । सिन्हाले आफूहरूले नरोक्ने तर समय व्यवस्थापन गर्न भनेको मात्रै र अवस्था सुझाएको मात्रै बताए । न्यायाधीश सपना प्रधान मल्लले बहस अन्त्य गर्न सुझाइन् । जवाफमा पोखरेलले भने ुमैले सुरू गरेपछि इन्डिङ पनि गर्नुपर्छ । अलिकति १०( १५ मिनेट भएपछि मैले समराइज गर्छु । तर लामो गर्दिनँ ।ु बिहान ३ घण्टाभन्दा लामो समय बहस गरिरहँदा पनि अझै समय लिने भनेपछि सिन्हाले भने, ुहामी रोक्दैनौं ।ु न्यायाधीशहरूले लामो समय नलिन आग्रह गरेपछि पोखरेलले बहस टुंग्याएका छन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्चमा १३ मुद्दा परेका थिए । त्यसपछि झन्डै १ महिना विपक्षीबाट जवाफ माग्ने र कुन इजलासमा मुद्दा लैजाने भनेर सकिएको छ । अर्कोतिर सरकार वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको निर्वाचनका लागि काम गरिरहेको छ । आइतबार निवेदकका तर्फबाट सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिलकुमार पोखरेलले मात्रै सहगभागिता जनाएका थिए

                                                                                                         ⇓ अधिक   जानका   रीका लागि सेयर गर्नूहोस  ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्