banner

कणाली प्रदेश

बालबालिकाहरुका मुख्य समस्या पहिचान गर्दै, परामर्श गोष्ठि कालिकोटमा सम्पन्न

1 174 total views, 1 1 views today

यनयस मिडिया

फगुन १४ कालिकोट- बालबालिकाहरुका मुख्य सवालहरु पहिचान, प्राथमिकरण र आगामी रणनिति निर्माण सम्वन्धि १ दिने परामर्श गोष्ठि शुक्रबार  कालिकोटमा सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेन र किर्डाक नेपाल कालीकोटको आयोजनामा संचालन गरिएको उक्त पराशर्म गोष्ठिमा कालीकोट जिल्लाका ५ वटा स्थानिय तहहरु ( शुभकालीका गाँउपालिका, तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, राष्कोट नगरपालिका र नरहरीनाथ गाँउपालिकाका बालक्लवका जनप्रतिनिधिहरु, बालअभियान्ता र बालपत्रकार गरि २० जनाको सहभागीता रहेको थियो ।


परामर्श गोष्ठिको सहजीकरण सेभ द चिल्ड्रेन सुर्खेतका पैरवी संयोजक सिर्जन अधिकारी, सिनियर बालसंरक्षण संयोजक जुठीराम चौधरी र बालसंरक्षण संयोजक बाले बिश्वकर्माले गर्नु गरेका थिय ।

परामर्श गोष्ठिले कालीकोटमा बालबालिकाहरुका मुख्य सवाल भनेको बालविवाह, गुणस्तरिय शिक्षाको अभाव, छाउपडी प्रथा, लैगिकताका आधारमा हुने बिभेद, बालहिँसा, स्थानिय तहका हरेक संरचनाहरुमा अर्थपुर्ण बालसहभागीता नहुनु, गुणस्तरीय स्वास्थ्य सेवाको बालबालिकाको पहुँच नहुनु, जस्ता सवालहरु पहिचान गदै प्रथामिकरण गरेको छ ।

बालबालिकाले भोग्न परेका समस्याहरुलाई आगामी दिनहरुमा स्थानिय सरकार, गैह्र सरकारी निकायहरु, लगायत सरोकारवालाहरुले आफ्ना योजनाहरुमा समावेश गरि बालबालिकाहरुका समस्या समाधान गर्नुपर्ने बिषयमा जोड दिएका छन ।

                                                                     ⇓ सेयर गर्नुहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्