banner

कणाली प्रदेश

बिप्लवले सहिद परीवारलाई पठाएका सम्मान पत्र कालिकोटका सहिद परीवारका हात हातमा

nekapa kalikot

1 349 total views, 1 2 views today

यनयस मिडिया

फागू २२ काठ्माडौँ-नेपाल कम्यूनिष्ट पार्टि कालिकोटले २६ औँ जनयुद्द दिबस को सहिद सप्ताहाको अन्तमा कालिकोटका सहिद परिवार लाई केन्द्रीय समितीले पठायका  सम्मान पत्र र जिल्ला पार्टी ले ब्यबस्था गरेको सल बाट सम्मान गरेको छ ।

 

जिल्लाको माल्कोट,मेहलमुडी,राष्कोट,नानिकोट,खिन र भर्तामा बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै नेकपा कालिकोटले सहिद परीवारहरुलाई सम्मान गरेको हो । माल्कोट र सेरापाटामा भएको शहिदपरिवार हरुको सम्मान कार्यक्रममा १ नं एरिया भरिका १४५ जना शहिदपरिवार लाई सम्मान गरेको बताइएको छ ।

 

जिल्लाका छूट्टा-छूट्टै स्थानमा भएका कार्यक्रमहरुलाई सम्बोधन गर्दै ब्युरो सदस्य (अबिचल )र जिल्ला ईन्चार्ज एब ब्युरो सदस्य मनिलाल ऐडी (रणदिप)ले कुनै पनि हालत मा प्रचण्ड ले धोका दिए जस्तै आफ्नो पार्टीले धोका नदिने कुरामा जनताहरुलाई बिश्वस्त पारेका छन ।

 

जनयुद्दका केही नकारात्मक शिक्षा सहित पार्टी अगाडि बढेकाले बार्ता बिरोधीहरुले हल्ला गरे जस्तै नत केपी संग एकता गर्नका लागि नत संसदिय ब्यबस्था स्विकारगर्न हो,यो बार्ता ब्यबस्थामा आएको संकट लाई हल गर्न का लागि भएको दावी समेत गरेका छन ।

सहिद परिवारले कार्यक्रममा आफ्नो धारण राख्दै बार्तालाई बिगतमा पर्चण्ड बाबूरामहरुले प्रयोग गरेजस्तो गर्नु हुन्न भन्ने धारणा राखेको जनाईएको छ । कार्यक्रममा नेकपामा आवद्ध नेता,कार्यकता जनयूद्धका घाईते अपांग र शहिदपरिवार को उपस्थिती रहेको त्यहाँबाट कुरा तपेन्द्र ऐडीले खवर पठाएका छन।

                                                                ⇓  सेयर गर्नूहोस ⇓

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्

हाम्रो बारेमा

  • यन यश मिडिया नेपाल डट कम तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल सन्चार माध्याम हो ।

सम्पर्क

D.N.S. Media PVT. LTD

Kathmandu, Nepal

nsinfo505@gmail.com

तुलराज तिरुवा, सुर्खेत

विज्ञापनका लागि

+977-9848358806

पवन शाही,प्रवास

+91-7034839204

 

फेसबुक

CopyRight @ 2021 NS Media. All Right Reserved.

Call Now Buttonकुनै घट्ना भय कल गर्नुहोस्